Acts 2:1
जब पेन्तिकोसकोदिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए।
Acts 2:1 in Other Translations
King James Version (KJV)
And when the day of Pentecost was fully come, they were all with one accord in one place.
American Standard Version (ASV)
And when the day of Pentecost was now come, they were all together in one place.
Bible in Basic English (BBE)
And when the day of Pentecost was come, they were all together in one place.
Darby English Bible (DBY)
And when the day of Pentecost was now accomplishing, they were all together in one place.
World English Bible (WEB)
Now when the day of Pentecost had come, they were all with one accord in one place.
Young's Literal Translation (YLT)
And in the day of the Pentecost being fulfilled, they were all with one accord at the same place,
| And | Καὶ | kai | kay |
| ἐν | en | ane | |
| when the fully was | τῷ | tō | toh |
| day | συμπληροῦσθαι | symplērousthai | syoom-play-ROO-sthay |
of | τὴν | tēn | tane |
| Pentecost | ἡμέραν | hēmeran | ay-MAY-rahn |
| come, | τῆς | tēs | tase |
| πεντηκοστῆς | pentēkostēs | pane-tay-koh-STASE | |
| they | ἦσαν | ēsan | A-sahn |
| were | ἅπαντες | hapantes | A-pahn-tase |
| all | ὁμοθυμαδὸν | homothymadon | oh-moh-thyoo-ma-THONE |
| accord one with | ἐπὶ | epi | ay-PEE |
| in | τὸ | to | toh |
one place. | αὐτό | auto | af-TOH |
Cross Reference
1 कोरिन्थी 16:8
तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु।
रोमी 15:6
त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ।
प्रेरित 20:16
पावलले पहिले नै एफिससमा नरोकिने भनेर निर्णय लिएका थिए। उनी एशियामा धेरै दिन बस्न पनि चाहेनन्। उनी हतारमा थिए किनभने उनी सम्भव भए पेन्तिकोस पर्वमा यरूशलेममा हुन् चाहन्थे।
प्रेरित 1:13
प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।
प्रेरित 4:32
विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए।
फिलिप्पी 1:27
होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढदैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु।
फिलिप्पी 2:2
यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मैले मिलापसँग एउटै लक्ष्य लिएर बाँच।
प्रस्थान 34:22
“साताको चाड पहिलो अन्न बाली उठाऊ र मनाऊ। अन्न भित्र्याउने चाड ऋतुको आखिरमा मनाऊ।
सपन्याह 3:9
त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्।
यर्मिया 32:39
म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।
2 इतिहास 30:12
यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
व्यवस्था 16:9
“बाली काटून शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ।
लेवी 23:15
“परमप्रभुलाई डोलाउने अन्नको बिटा ल्याएको दिनबाट सात हप्ताहरू गन।
गन्ती 28:16
“पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
2 इतिहास 5:13
मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले “परमप्रभुको स्तुति गरे किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा सर्वदा रहि रहन्छ” भनी गीत गाए।तब परमप्रभुको मन्दिर बादलले भरियो।
भजनसंग्रह 133:1
जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
प्रेरित 2:46
तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए।
प्रेरित 4:24
जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो।
प्रेरित 5:12
प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्दैश्य थियो।
प्रस्थान 23:16
“जब प्रत्येक वर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौ। तिमीहरूले अन्न भित्र्याउने चाढ मनाउनु पर्छ अनि वर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउछौ त्यस समय छाप्रोवासको चाड मनाउनु पर्छ।