Acts 27:24
उहाँले भन्नुभयो, पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसंग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’
Acts 27:24 in Other Translations
King James Version (KJV)
Saying, Fear not, Paul; thou must be brought before Caesar: and, lo, God hath given thee all them that sail with thee.
American Standard Version (ASV)
saying, Fear not, Paul; thou must stand before Caesar: and lo, God hath granted thee all them that sail with thee.
Bible in Basic English (BBE)
Saying, Have no fear, Paul, for you will come before Caesar, and God has given to you all those who are sailing with you.
Darby English Bible (DBY)
saying, Fear not, Paul; thou must stand before Caesar; and behold, God has granted to thee all those that sail with thee.
World English Bible (WEB)
saying, 'Don't be afraid, Paul. You must stand before Caesar. Behold, God has granted you all those who sail with you.'
Young's Literal Translation (YLT)
saying, Be not afraid Paul; before Caesar it behoveth thee to stand; and, lo, God hath granted to thee all those sailing with thee;
| Saying, | λέγων, | legōn | LAY-gone |
| Fear | Μὴ | mē | may |
| not, | φοβοῦ | phobou | foh-VOO |
| Paul; | Παῦλε | paule | PA-lay |
| thou | Καίσαρί | kaisari | KAY-sa-REE |
| be must | σε | se | say |
| brought before | δεῖ | dei | thee |
| Caesar: | παραστῆναι | parastēnai | pa-ra-STAY-nay |
| and, | καὶ | kai | kay |
| lo, | ἰδού, | idou | ee-THOO |
| κεχάρισταί | kecharistai | kay-HA-ree-STAY | |
| God | σοι | soi | soo |
| hath given | ὁ | ho | oh |
| thee | θεὸς | theos | thay-OSE |
| all | πάντας | pantas | PAHN-tahs |
| them | τοὺς | tous | toos |
| that sail | πλέοντας | pleontas | PLAY-one-tahs |
| with | μετὰ | meta | may-TA |
| thee. | σοῦ | sou | soo |
Cross Reference
प्रेरित 23:11
अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो। “सहासी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”
उत्पत्ति 12:2
म तिमीलाई आशीर्वाद दिनेछु, तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु। तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन्।
उत्पत्ति 15:1
यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
उत्पत्ति 18:23
तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ?
उत्पत्ति 19:29
त्यस बेंसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउँनु भयो। लूत बेंसीको शहरहरूमा बसो-बास गर्दथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो।
2 राजा 6:16
एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”
यशैया 43:1
याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।
यशैया 58:11
परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।
मत्ती 10:28
मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै र्नकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।
प्रेरित 9:15
तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।
प्रेरित 27:37
हामी जम्मा दुइ सय छ्यात्तर मानिसहरू जहाजमा थियौं।
2 तिमोथी 4:16
पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्।
प्रकाश 1:17
जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।
प्रकाश 11:5
यदि कुनै मानिसले ती साक्षीहरुलाई घात गर्ने प्रयास गरे ती साक्षीहरुका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरुलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ।
याकूब 5:16
सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ।
प्रेरित 27:44
अन्य मानिसहरूले तक्ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।
उत्पत्ति 30:27
लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ।
उत्पत्ति 39:5
जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो।
उत्पत्ति 39:23
रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।
उत्पत्ति 46:3
तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु।
1 राजा 17:13
एलियाले स्त्रीलाई भने, “फिक्राी नगर। घर जाऊ अनि तिमीले भने जस्तैं गरेर तिम्रो भोजन पकाऊ। तर पहिला तिमीसँग भएको पीठोबाट सानो रोटी बनाऊ। त्यो रोटी मेरो निम्ति ल्याऊ। त्यसपछि आफ्नो अनि छोराका लागि पकाऊ।
यशैया 41:10
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
मीका 5:7
अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै मानिसहरुका बिचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरी झैं हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसका कुललाई पर्खनेछ।
मत्ती 10:18
तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ।
यूहन्ना 11:9
येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लडने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ?”
प्रेरित 18:9
राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!
प्रेरित 19:21
तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”
प्रेरित 25:11
यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”
उत्पत्ति 19:21
स्वर्गदूतले लूतलाई भने, “हेर, म तिमीलाई त्यसो गर्नु दिनेछु। म त्यो शहरलाई नाश पार्दिन।