Ezekiel 11:5
तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ।
Ezekiel 11:5 in Other Translations
King James Version (KJV)
And the Spirit of the LORD fell upon me, and said unto me, Speak; Thus saith the LORD; Thus have ye said, O house of Israel: for I know the things that come into your mind, every one of them.
American Standard Version (ASV)
And the Spirit of Jehovah fell upon me, and he said unto me, Speak, Thus saith Jehovah: Thus have ye said, O house of Israel; for I know the things that come into your mind.
Bible in Basic English (BBE)
And the spirit of the Lord came on me, and he said to me, Say, These are the words of the Lord: This is what you have said, O children of Israel; what comes into your mind is clear to me.
Darby English Bible (DBY)
And the Spirit of Jehovah fell on me, and said unto me, Speak, Thus saith Jehovah: Thus have ye said, O house of Israel; and the things that come into your mind, I know them.
World English Bible (WEB)
The Spirit of Yahweh fell on me, and he said to me, Speak, Thus says Yahweh: Thus have you said, house of Israel; for I know the things that come into your mind.
Young's Literal Translation (YLT)
And fall upon me doth the Spirit of Jehovah, and He saith unto me, `Say: Thus said Jehovah: Rightly ye have said, O house of Israel, And the steps of your spirit I have known.
| And the Spirit | וַתִּפֹּ֣ל | wattippōl | va-tee-POLE |
| of the Lord | עָלַי֮ | ʿālay | ah-LA |
| fell | ר֣וּחַ | rûaḥ | ROO-ak |
| upon | יְהוָה֒ | yĕhwāh | yeh-VA |
| said and me, | וַיֹּ֣אמֶר | wayyōʾmer | va-YOH-mer |
| unto | אֵלַ֗י | ʾēlay | ay-LAI |
| me, Speak; | אֱמֹר֙ | ʾĕmōr | ay-MORE |
| Thus | כֹּה | kō | koh |
| saith | אָמַ֣ר | ʾāmar | ah-MAHR |
| the Lord; | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| Thus | כֵּ֥ן | kēn | kane |
| said, ye have | אֲמַרְתֶּ֖ם | ʾămartem | uh-mahr-TEM |
| O house | בֵּ֣ית | bêt | bate |
| of Israel: | יִשְׂרָאֵ֑ל | yiśrāʾēl | yees-ra-ALE |
| I for | וּמַעֲל֥וֹת | ûmaʿălôt | oo-ma-uh-LOTE |
| know | רֽוּחֲכֶ֖ם | rûḥăkem | roo-huh-HEM |
| come that things the | אֲנִ֥י | ʾănî | uh-NEE |
| into your mind, | יְדַעְתִּֽיהָ׃ | yĕdaʿtîhā | yeh-da-TEE-ha |
Cross Reference
यर्मिया 17:10
तर म हुँ, म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।
इजकिएल 2:2
जब उहाँले मसित बात गर्नुभयो, तब उहाँको आत्मा म भित्र पस्यो र मलाई खडा गरायो। अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुनें।
इजकिएल 29:3
भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छहे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु। तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो। तिमीले भन्यौ, “यो मेरो नदी हो! यही नदी हो जुन मैले बनाएँ।”
इजकिएल 38:10
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “त्यस समय तिम्रो मनमा एउटा विचार आउनेछ। तिमीले एउटा नराम्रो योजना बनाउन शुरू गर्नेछौ।
मलाकी 3:13
परमप्रभु भन्नुहुन्छ, “तिमीले मेरो बिषयमा कुराहरू गर्यौ।” तर तिमीहरू सोध्छौ, “हामीले तपाईको बिषयमा के कुरा गर्यौं?”
मर्कूस 2:8
येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ
मर्कूस 3:22
अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्टआत्मा हरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट आत्माहरू भगाउँदछ।”
यूहन्ना 2:24
तर यशूले तिनीहरूमाथि भरोसा राख्नु भएन। किन त्यसो गर्नु भयो? किनभने ती मानिसहरूले उहाँप्रति के सोचिरहेका हुन्थे,
यूहन्ना 21:17
तेस्रोपल्ट येशूले पत्रुसलाई सोध्नुभयो, “शिमोन, योआनेसको पुत्र, तिमी मलाई प्रेम गर्छौ?”पत्रुस उदास भए, किनकि येशूले उसलाई तेस्रो पल्ट सोध्नुभयो, “तिमी मलाई प्रेम गर्छौं?” पत्रुसले भने, “प्रभु तपाईं सब थोक जान्नुहुन्छ। मैले तपाईंलाई प्रेम गर्छु भनेर पनि जान्नुहुन्छ।”येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडाहरूलाई खुवाऊ।
प्रेरित 10:44
पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो।
प्रेरित 11:15
जब मैले भाषण शुरू गरें, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनष्ठ्वु भएको थियो।
हिब्रू 4:13
संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
याकूब 3:6
जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।
प्रकाश 2:23
म उसको छोरा-छोरीहरुलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरुले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरुका मन अनि हृदय जान्दछ। अनि म तिमीहरुको कर्म अनुसार दिनेछु।
इजकिएल 28:2
“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।”तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।
इजकिएल 8:1
एक दिन म आफ्नो घरमा बसिरहेका थिएँ अनि यहूदाको बूढा-प्रधानहरू त्यँहा मेरो छेउमा बसेका थिए। यो देशबाट निकालिएको छैटौं वर्षको छैटौं महिनाको पाचौं दिनको कुरा हो। अचानक परमप्रभु मेरो मालिकको शक्ति मकहाँ आयो।
इजकिएल 3:27
तर जब म तिमीसित कुरा गर्छु त्यसबेला तिमीलाई म बोल्ने बनाउँनेछु। तर तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नु हुन्छ।’ यदि कसैले सुन्न चाहन्छ भने उसले सुनोस्। यदि होइन भने, मलाई तिरस्कार गरोस्। किनभने तिनीहरू विध्वंशकारीहरू हुन्।
1 शमूएल 10:6
त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ।
1 शमूएल 10:10
शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तुरून्तै उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो।
1 इतिहास 28:9
अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
भजनसंग्रह 7:9
दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।
भजनसंग्रह 50:21
यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
भजनसंग्रह 139:2
म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
यशैया 28:15
तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
यशैया 58:1
तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकनँ चिच्याऊ। तुरही बजे जस्तै चिच्याऊ। मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ। याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।
यर्मिया 16:17
तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउन सक्तैनन्।
इजकिएल 2:4
म तिमीलाई तिनीहरू विरूद्ध केही भन्नको निम्ति पठाउँदैछु। तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्। तर तिमीले तिनीहरूसँग कुरा गर्नु पर्नेछ। तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यो कुराहरू भन्नुहुँदैछ।’
इजकिएल 2:7
तिमीले तिनीहरूसँगयी सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँगभन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू विद्रोहीहरू हुन्।
इजकिएल 3:11
तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ , जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।”
इजकिएल 3:24
तर एउटा हावा आयो अनि यसले मलाई मेरो खुट्टामा उभ्यायो परमप्रभुले मलाई भन्नुभयो, “घर जाऊ, अनि आफैं घरभित्र ढोका थुनेर बस।
गन्ती 11:25
तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।