इजकिएल 24:17 in Nepali

नेपाली नेपाली बाइबल इजकिएल इजकिएल 24 इजकिएल 24:17

Ezekiel 24:17
तर तिमीले आफ्नो शोकमा सुस्केरा हाल। आफ्नो मृतक पत्नीका निम्ति नरोऊ। तिमीले सधैं जस्तै साधारण लुगा लगाऊ। आफ्नो फेटा र जुत्ता लगाऊ। आफ्नो शोक प्रकट गर्न जुगाँ नछोप अनि एउटा मानिस मर्दा मानिसहरूले खाने भोजन नखाऊ।”

Ezekiel 24:16Ezekiel 24Ezekiel 24:18

Ezekiel 24:17 in Other Translations

King James Version (KJV)
Forbear to cry, make no mourning for the dead, bind the tire of thine head upon thee, and put on thy shoes upon thy feet, and cover not thy lips, and eat not the bread of men.

American Standard Version (ASV)
Sigh, but not aloud, make no mourning for the dead; bind thy headtire upon thee, and put thy shoes upon thy feet, and cover not thy lips, and eat not the bread of men.

Bible in Basic English (BBE)
Let there be no sound of sorrow; make no weeping for your dead, put on your head-dress and your shoes on your feet, let not your lips be covered, and do not take the food of those in grief.

Darby English Bible (DBY)
Sigh in silence, make no mourning for the dead; bind thy turban upon thee, and put thy sandals upon thy feet, and cover not the beard, and eat not the bread of men.

World English Bible (WEB)
Sigh, but not aloud, make no mourning for the dead; bind your headdress on you, and put your shoes on your feet, and don't cover your lips, and don't eat men's bread.

Young's Literal Translation (YLT)
Cease to groan, `for' the dead thou dost make no mourning, thy bonnet bind on thee, and thy shoes thou dost put on thy feet, and thou dost not cover over the upper lip, and bread of men thou dost not eat.'

Forbear
הֵאָנֵ֣ק׀hēʾānēqhay-ah-NAKE
to
cry,
דֹּ֗םdōmdome
make
מֵתִים֙mētîmmay-TEEM
no
אֵ֣בֶלʾēbelA-vel
mourning
לֹֽאlōʾloh
for
the
dead,
תַֽעֲשֶׂ֔הtaʿăśeta-uh-SEH
bind
פְאֵֽרְךָ֙pĕʾērĕkāfeh-ay-reh-HA
the
tire
of
thine
head
חֲב֣וֹשׁḥăbôšhuh-VOHSH
upon
עָלֶ֔יךָʿālêkāah-LAY-ha
on
put
and
thee,
וּנְעָלֶ֖יךָûnĕʿālêkāoo-neh-ah-LAY-ha
thy
shoes
תָּשִׂ֣יםtāśîmta-SEEM
upon
thy
feet,
בְּרַגְלֶ֑יךָbĕraglêkābeh-rahɡ-LAY-ha
and
cover
וְלֹ֤אwĕlōʾveh-LOH
not
תַעְטֶה֙taʿṭehta-TEH
thy
lips,
עַלʿalal
and
eat
שָׂפָ֔םśāpāmsa-FAHM
not
וְלֶ֥חֶםwĕleḥemveh-LEH-hem
the
bread
אֲנָשִׁ֖יםʾănāšîmuh-na-SHEEM
of
men.
לֹ֥אlōʾloh
תֹאכֵֽל׃tōʾkēltoh-HALE

Cross Reference

होशे 9:4
इस्राएलका मानिसहरूले परमप्रभुलाई अर्धको रूपमा दाखरस चढाउने छैनन्। न त उनीहरूले बलि नै चढाउँन पाउनेछन्। यो बलिदान उनीहरूको निम्ति मरेकाहरूका निम्ति शोक गर्ने रोटी जस्तै हुनेछ। त्यो खानेहरू सबै अशुद्ध हुनेछन्। परमप्रभुको मन्दिरमा उनीहरूको त्यो रोटी जान पाउँदैन। उनीहरूसंग त्यति मात्र रोटी हुन्छ जसले उनीहरू मात्र जीवित रहन सक्छन्।

2 शमूएल 15:30
दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।

लेवी 21:10
“प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन।

लेवी 10:6
तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्।

हबकूक 2:20
तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पुर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।

मीका 3:7
दर्शन देख्नेलाई लज्जित पारिनेछ। एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ। तिनीहरुले तिनीहरुको आफ्नो अनुहार छोप्छन्। किन? किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेछैन।”

आमोस 8:3
अन्तिम समयमा परमप्रभुकोभवनमा शोकपूर्ण गीतहरु गाइन्छ, मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।”

इजकिएल 24:22
तर तिमीले त्यही गर्नेछौ जुन मैले आफ्नो मृत पत्नीको विषयमा गरें। तिमीले आफ्नो शोक प्रकटको निम्ति जुगाँ छोप्ने छैनौ। तिमीले त्यो भोजन खाने छैनौ जुन प्राय कुनै मानिस मर्दा अरू मानिसहरूले खान्छन्।

यर्मिया 16:4
“ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।”

भजनसंग्रह 46:10
परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!”

भजनसंग्रह 39:9
म आफ्नो मुख खोल्ने छैन म केही पनि भन्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।

भजनसंग्रह 37:7
परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं। दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर। जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन् अनि तिनीहरूको खराब युक्तिहरू सफल हुदैनन्।

लेवी 13:45
“यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ।