इजकिएल 37:6 in Nepali

नेपाली नेपाली बाइबल इजकिएल इजकिएल 37 इजकिएल 37:6

Ezekiel 37:6
म तिमीहरूमाथि नसा अनि माँसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्रा मालिक हुँ।”‘

Ezekiel 37:5Ezekiel 37Ezekiel 37:7

Ezekiel 37:6 in Other Translations

King James Version (KJV)
And I will lay sinews upon you, and will bring up flesh upon you, and cover you with skin, and put breath in you, and ye shall live; and ye shall know that I am the LORD.

American Standard Version (ASV)
And I will lay sinews upon you, and will bring up flesh upon you, and cover you with skin, and put breath in you, and ye shall live; and ye shall know that I am Jehovah.

Bible in Basic English (BBE)
And I will put muscles on you and make flesh come on you, and put skin over you, and breath into you, so that you may have life; and you will be certain that I am the Lord.

Darby English Bible (DBY)
And I will put sinews upon you, and will bring up flesh upon you, and cover you with skin, and put breath in you, and ye shall live: and ye shall know that I [am] Jehovah.

World English Bible (WEB)
I will lay sinews on you, and will bring up flesh on you, and cover you with skin, and put breath in you, and you shall live; and you shall know that I am Yahweh.

Young's Literal Translation (YLT)
and I have given on you sinews, and cause flesh to come up upon you, and covered you over with skin, and given in you a spirit, and ye have lived, and ye have known that I `am' Jehovah.'

And
I
will
lay
וְנָתַתִּי֩wĕnātattiyveh-na-ta-TEE
sinews
עֲלֵיכֶ֨םʿălêkemuh-lay-HEM
upon
גִּידִ֜יםgîdîmɡee-DEEM
up
bring
will
and
you,
וְֽהַעֲלֵתִ֧יwĕhaʿălētîveh-ha-uh-lay-TEE
flesh
עֲלֵיכֶ֣םʿălêkemuh-lay-HEM
upon
בָּשָׂ֗רbāśārba-SAHR
you,
and
cover
וְקָרַמְתִּ֤יwĕqāramtîveh-ka-rahm-TEE

עֲלֵיכֶם֙ʿălêkemuh-lay-HEM
skin,
with
you
ע֔וֹרʿôrore
and
put
וְנָתַתִּ֥יwĕnātattîveh-na-ta-TEE
breath
בָכֶ֛םbākemva-HEM
live;
shall
ye
and
you,
in
ר֖וּחַrûaḥROO-ak
know
shall
ye
and
וִחְיִיתֶ֑םwiḥyîtemveek-yee-TEM
that
וִידַעְתֶּ֖םwîdaʿtemvee-da-TEM
I
כִּֽיkee
am
the
Lord.
אֲנִ֥יʾănîuh-NEE
יְהוָֽה׃yĕhwâyeh-VA

Cross Reference

योएल 2:27
अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु। अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरुको परमेश्वर हुँ र म वाहेक अर्को कुनै परमेश्वर छैन। मेरा प्रजाहरु फेरि कहिल्यै लज्जित हुनेछैनन्।”

योएल 3:17
“त्यस समय तिमीहरुले जान्नेछौ की म नै परमप्रभु तिमीहरुको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरु कहिल्यै जानेछैनन्।”

यशैया 49:23
राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”

इजकिएल 6:7
म्रा मानिसहरू मर्नेछन् अनि तिमीले थाहा पाउनेछौ कि परमप्रभु म नै हुँ।”‘

इजकिएल 34:27
खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेडाहरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।

इजकिएल 35:9
म तिमीलाई सधैंको लागि खाली गरिदिन्छु। तिम्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झन्छौ कि म नै परमप्रभु हुँ।”

इजकिएल 38:23
त्यसपछि म देखाउँछु कि म कति महान छु, म प्रमाणित गर्छु कि म पवित्र छु। धेरै राष्ट्रहरूले मैले यो कुरा गरेको देख्नेछन् अनि जान्नेछन् कि म को हुँ। तब उनीहरूले थाहा पाउने छन् कि म परमप्रभु हुँ।”

इजकिएल 39:6
परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरूद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।

इजकिएल 39:28
तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हुँ। किन? किनकि मैले तिनीहरूलाई घरबाट निकाले अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारें अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ।

इजकिएल 39:22
तब त्यस दिन पछि इस्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हुँ।

इजकिएल 37:14
म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।”‘ परमप्रभुले यसो भन्नु भएको भयो।

इजकिएल 35:15
तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”

इजकिएल 35:12
त्यसपछि तिमीले पनि सम्झनेछैनौ कि मैले तिम्रो सबै अपमानहरू सुनें। तिमीले इस्राएल पर्वतको विरूद्ध धेरै नराम्रो कुराहरू भन्यौ। तिमीले भन्यौ, ‘इस्राएल नष्ट भएर गयो! हामीहरू त्यसलाई खाने कुरा जस्तो चबाउँछौ।’

1 राजा 20:28
परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘

इजकिएल 6:13
अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हुँ।” तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेऊ अनि वेदीहरूको चारैतिर देख्नेछौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलाग्ने रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाँउमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ।

इजकिएल 7:4
म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन। म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु। तिमीहरूले डरलाग्दो काम गरेका छौ। अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”

इजकिएल 7:9
म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।

इजकिएल 11:10
तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ।

इजकिएल 11:12
त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।”

इजकिएल 20:38
म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”

इजकिएल 28:22
भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छसीदोन म तिम्रो विरूद्धमा छु। तिम्रा मानिसहरूले मलाई सम्मान गर्न सिक्नेछन्, म सीदोनलाई दण्ड दिन्छु, त्यसपछि मानिसहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म पवित्र छु। अनि मलाई तिनीहरूले त्यो रूपमा लिनेछन्।

इजकिएल 32:15
“म मिश्र देशलाई रित्तो बनाइदिन्छु, त्यसले प्रत्येक चीज हराउनेछ। म मिश्रमा बस्ने सबैलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ!

व्यवस्था 29:6
तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सकछौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।