Ezekiel 40:39
मूल-ढोकाको प्रवेश द्वारको दुवै पट्टि दुइ-दुइवटा टेबल थियो। पापका निम्ति होमबलि, दोषबलि अनि पापबलि अपराधका निम्ति भेटिको पशुहरू त्यही टेबलमाथि मारिन्थ्यो।
Ezekiel 40:39 in Other Translations
King James Version (KJV)
And in the porch of the gate were two tables on this side, and two tables on that side, to slay thereon the burnt offering and the sin offering and the trespass offering.
American Standard Version (ASV)
And in the porch of the gate were two tables on this side, and two tables on that side, to slay thereon the burnt-offering and the sin-offering and the trespass-offering.
Bible in Basic English (BBE)
And in the covered way of the doorway there were two tables on this side and two tables on that side, on which the burned offering and the sin-offering and the offering for error were put to death:
Darby English Bible (DBY)
And in the porch of the gate were two tables on this side, and two tables on that side, to slay thereon the burnt-offering and the sin-offering and the trespass-offering.
World English Bible (WEB)
In the porch of the gate were two tables on this side, and two tables on that side, to kill thereon the burnt offering and the sin-offering and the trespass-offering.
Young's Literal Translation (YLT)
And in the porch of the gate `are' two tables on this side, and two tables on that side, to slaughter on them the burnt-offering, and the sin-offering, and the guilt-offering;
| And in the porch | וּבְאֻלָ֣ם | ûbĕʾulām | oo-veh-oo-LAHM |
| of the gate | הַשַּׁ֗עַר | haššaʿar | ha-SHA-ar |
| two were | שְׁנַ֤יִם | šĕnayim | sheh-NA-yeem |
| tables | שֻׁלְחָנוֹת֙ | šulḥānôt | shool-ha-NOTE |
| on this side, | מִפּ֔וֹ | mippô | MEE-poh |
| and two | וּשְׁנַ֥יִם | ûšĕnayim | oo-sheh-NA-yeem |
| tables | שֻׁלְחָנ֖וֹת | šulḥānôt | shool-ha-NOTE |
| side, that on | מִפֹּ֑ה | mippō | mee-POH |
| to slay | לִשְׁח֤וֹט | lišḥôṭ | leesh-HOTE |
| thereon | אֲלֵיהֶם֙ | ʾălêhem | uh-lay-HEM |
| the burnt offering | הָעוֹלָ֔ה | hāʿôlâ | ha-oh-LA |
| offering sin the and | וְהַחַטָּ֖את | wĕhaḥaṭṭāt | veh-ha-ha-TAHT |
| and the trespass offering. | וְהָאָשָֽׁם׃ | wĕhāʾāšām | veh-ha-ah-SHAHM |
Cross Reference
इजकिएल 46:2
शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन। शासकले मूल-ढोकाको सँघारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन।
लेवी 4:2
“इस्राएलका मानिसहरूलाई भन, “जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।
लेवी 1:3
“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।
2 कोरिन्थी 5:21
ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
1 कोरिन्थी 10:16
आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँज्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र?
लूका 22:30
मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
मलाकी 1:12
तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ परमप्रभुको टेवल पवित्र छैन्।
मलाकी 1:7
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।”तर तिमीहरू भन्छौ, “त्यो रोटी कसरी अशुद्ध भयो?”परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ।
इजकिएल 44:16
“तिनीहरू मेरो पवित्रस्थानमा प्रवेश गर्नेछन्। तिनीहरू मेरो टेबलको छेउमा मेरो सेवा गर्न आउँनेछन्। तिनीहरूले ती चीजहरूको हेरचाह गर्नेछन् जुन मैले तिनीहरूलाई दिएँ।
इजकिएल 42:13
त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि।
इजकिएल 41:22
त्यो वेदी जस्तो काठले बनाएको थियो। यो तीन हात अल्गो अनि दुइ हात लामो थियो। यसको कुनाहरू, त्यसका आधार अनि पाटाहरू काठको थिए। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबल हो।”
इजकिएल 40:42
होमबलिका निम्ति काटिएको ढुङ्गाको चारबाट टेबल थिए। यी टेबलहरू डेढ हात लामो, डेढ हात चौडा अनि एक हात अल्गो थियो। पूजाहारीले होमबलि अनि बलिदानका निम्ति जुन पशुहरू मार्थे, उसले मार्ने हतियारहरू त्यो टेबलमा राख्थे।
यशैया 53:10
परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।
यशैया 53:5
तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।
लेवी 7:1
“दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ।
लेवी 6:6
“उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ।
लेवी 5:6
अनि उसको पाप प्रायश्चितको निम्ति, उसले एउटा जवान भेडा अथवा बाख्राको पाठी उसको बथानबाट एउटा दोषबलि जस्तै परमप्रभु कहाँ ल्याउनु पर्छ। यस प्रकारले पूजाहारीले त्यो मानिसको पापबाट मुक्त गराउनको लागि प्रायश्चित कार्य गर्नेछ।
लेवी 4:13
“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।