यशैया 54:3 in Nepali

नेपाली नेपाली बाइबल यशैया यशैया 54 यशैया 54:3

Isaiah 54:3
किन? किनभने तिमीहरू एकदम बडी हाल्नेछौ। तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्, तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंश भएका थिए।

Isaiah 54:2Isaiah 54Isaiah 54:4

Isaiah 54:3 in Other Translations

King James Version (KJV)
For thou shalt break forth on the right hand and on the left; and thy seed shall inherit the Gentiles, and make the desolate cities to be inhabited.

American Standard Version (ASV)
For thou shalt spread aboard on the right hand and on the left; and thy seed shall possess the nations, and make the desolate cities to be inhabited.

Bible in Basic English (BBE)
For I will make wide your limits on the right hand and on the left; and your seed will take the nations for a heritage, and make the waste towns full of people.

Darby English Bible (DBY)
For thou shalt spread abroad on the right hand and on the left; and thy seed shall possess nations, and they shall make desolate cities to be inhabited.

World English Bible (WEB)
For you shall spread aboard on the right hand and on the left; and your seed shall possess the nations, and make the desolate cities to be inhabited.

Young's Literal Translation (YLT)
For right and left thou breakest forth, And thy seed doth nations possess,

For
כִּיkee
thou
shalt
break
forth
יָמִ֥יןyāmînya-MEEN
hand
right
the
on
וּשְׂמֹ֖אולûśĕmōwloo-seh-MOVE-l
and
on
the
left;
תִּפְרֹ֑צִיtiprōṣîteef-ROH-tsee
seed
thy
and
וְזַרְעֵךְ֙wĕzarʿēkveh-zahr-ake
shall
inherit
גּוֹיִ֣םgôyimɡoh-YEEM
the
Gentiles,
יִירָ֔שׁyîrāšyee-RAHSH
desolate
the
make
and
וְעָרִ֥יםwĕʿārîmveh-ah-REEM
cities
נְשַׁמּ֖וֹתnĕšammôtneh-SHA-mote
to
be
inhabited.
יוֹשִֽׁיבוּ׃yôšîbûyoh-SHEE-voo

Cross Reference

यशैया 43:5
“यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु।

यशैया 61:5
“तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेडाको हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ।

यशैया 60:3
तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।

यशैया 55:5
ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ, तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ। ती जातिहरूले तिमीहरूलाई जान्दैनन् तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्। यस्तो घटना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ। इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।

इजकिएल 36:35
उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।”‘

रोमी 9:25
होशेको कितावमा धर्मशास्त्रले भन्दछः“जो मानिसहरू मेरा होइनन्, म भन्नेछु ती मेरा मानिसहरू हुन्। अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ, म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”

रोमी 10:18
तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?’ हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छः“तिनीहरूका आवाज सार संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”

रोमी 11:12
यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!

कलस्सी 1:23
तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।मण्डलीको लागि पावलको काम

यशैया 52:9
यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किन? किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।

यशैया 49:18
माथि हेर, तिम्रा चारैतिर हेर तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइरहेछ। परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्। तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्।

उत्पत्ति 49:10
यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन।तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।

भजनसंग्रह 72:8
उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्। युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!

यशैया 2:2
अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।

यशैया 11:9
यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।

यशैया 35:1
खडेरीले डडेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुख्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्।

यशैया 42:1
“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।

यशैया 49:8
परमप्रभु भन्नुहुन्छ, “त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु। त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु। त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु, त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ। देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ ती मानिसहरूलाई जो त्यसको मालिक थियो।

यशैया 49:12
हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन् उत्तर अनि र पश्चिमबाट आइरहेछन्। मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”

उत्पत्ति 28:14
तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।