John 7:24
बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”
John 7:24 in Other Translations
King James Version (KJV)
Judge not according to the appearance, but judge righteous judgment.
American Standard Version (ASV)
Judge not according to appearance, but judge righteous judgment.
Bible in Basic English (BBE)
Let not your decisions be based on what you see, but on righteousness.
Darby English Bible (DBY)
Judge not according to sight, but judge righteous judgment.
World English Bible (WEB)
Don't judge according to appearance, but judge righteous judgment."
Young's Literal Translation (YLT)
judge not according to appearance, but the righteous judgment judge.'
| Judge | μὴ | mē | may |
| not | κρίνετε | krinete | KREE-nay-tay |
| according to | κατ' | kat | kaht |
| appearance, the | ὄψιν | opsin | OH-pseen |
| but | ἀλλὰ | alla | al-LA |
| judge | τὴν | tēn | tane |
| δικαίαν | dikaian | thee-KAY-an | |
| righteous | κρίσιν | krisin | KREE-seen |
| judgment. | κρίνατε | krinate | KREE-na-tay |
Cross Reference
यशैया 11:3
त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्।
यूहन्ना 8:15
तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय र्गदिनँ।
हितोपदेश 17:15
जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ अनि एउटा निर्दोष मानिसलाई दोषी, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।
व्यवस्था 1:16
“त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडामा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्।
याकूब 2:9
तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ।
याकूब 2:4
तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।
भजनसंग्रह 58:1
हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
व्यवस्था 16:18
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।
लेवी 19:15
“न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।
याकूब 2:1
मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।
यशैया 5:23
अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्।
भजनसंग्रह 94:20
परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्त्ताहरूले साधारण जनताको लागि कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
भजनसंग्रह 82:2
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”
हितोपदेश 24:23
यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।