विलाप 4
1 हेर सुन कसरी फिका भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।
2 सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए। तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो। तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।
3 स्यालहरूले पनि आफ्नो छाउराहरूलाई दूध चुसाएर हुर्काउँछन्, तर मेरा मानिसकी छोरी निष्ठुरी छन्। उनी मरूभूमिमा हुने शतुमुर्ग जस्तै छन्।
4 दूध खाने शिशुको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।
5 ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।
6 मेरा मानिसका छोरीहरूको पाप सदोम र गोमोरको भन्दा ठूलो छ। सदोम र गोमोर सजिलै सर्वनाश भए। त्यो मानिसको हातबाट सर्वनाश भएको होइन।
7 यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुंङ्गा जस्तै थिए।
8 अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्। तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन। तिनीहरूका छाला हड्डीसंग टाँसिएर चाउरी परेका छन। तिनीहरूका छाला काठझैं खस्त्रा छन।
9 जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।
10 एक समयमा माया गर्ने आइमाईहरूले आफ्ना नानीहरूका लागि खाना पकाउँथे। पछिबाट ती नानीहरू नै तिनीहरूका आमाहरूका एकमात्र आहार बने। यी सबै कुराहरू भए जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।
11 परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोन्को जगहरू धराशायी गरिदियो।
12 यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन् भन्ने कसैले विश्वास गर्न सक्दैन थे।
13 यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू र पूजाहारीहरूको पापको कारणले गर्दा अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे ती मानिसहरूको कारणले गर्दा, भएका थियो।
14 अगमवक्ताहरू र पूजाहारीहरू अन्धा मानिस सरह गल्लीहरूमा हिंङ्दथे। तिनीहरू रगतले लत्पत् भएका थिए। एका अर्कामा लुगा छुन पनि घिनाउँथे।
15 तिनीहरू चिच्याए, “भाग! भाग! हामीलाई नछोऊ!” तिनीहरू भन्छन्, “तिनीहरू बेगारी भई घुम्नु पर्छ। उनीहरू यहाँ रहन सक्दैनन्।”
16 परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो उहाँले तिनीहरूको हेरचाह गर्नुभएन। उहाँले पूजाहारीहरूको आदर गर्नुभएन यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन्।
17 सहायताको निम्ति हेर्दा हेर्दा हाम्रो आँखाहरू टट्टाए। तर कतैबाट सहायता आएन। हामीले स्वयंलाई बचाउँन कुनै एक जातिलाई हेर्यौं। तर कुनै जाति पनि आएन।
18 हाम्ना शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे। हामी गल्लीमा सम्म निस्कन सकेनौं। हाम्रो अन्त्य नजीक आई सक्यो। हाम्रो समय पूरा भैसक्यौ। हाम्रो अन्त्य आई सक्यो।
19 ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरूभूमिमा लुकेर ढुकी बसे।
20 राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”
21 एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।
22 हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो, तिमीहरू फेरि कैदखानामा छैनौ। तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई तिमीहरूको पापको दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ।
1 How is the gold become dim! how is the most fine gold changed! the stones of the sanctuary are poured out in the top of every street.
2 The precious sons of Zion, comparable to fine gold, how are they esteemed as earthen pitchers, the work of the hands of the potter!
3 Even the sea monsters draw out the breast, they give suck to their young ones: the daughter of my people is become cruel, like the ostriches in the wilderness.
4 The tongue of the sucking child cleaveth to the roof of his mouth for thirst: the young children ask bread, and no man breaketh it unto them.
5 They that did feed delicately are desolate in the streets: they that were brought up in scarlet embrace dunghills.
6 For the punishment of the iniquity of the daughter of my people is greater than the punishment of the sin of Sodom, that was overthrown as in a moment, and no hands stayed on her.
7 Her Nazarites were purer than snow, they were whiter than milk, they were more ruddy in body than rubies, their polishing was of sapphire:
8 Their visage is blacker than a coal; they are not known in the streets: their skin cleaveth to their bones; it is withered, it is become like a stick.
9 They that be slain with the sword are better than they that be slain with hunger: for these pine away, stricken through for want of the fruits of the field.
10 The hands of the pitiful women have sodden their own children: they were their meat in the destruction of the daughter of my people.
11 The Lord hath accomplished his fury; he hath poured out his fierce anger, and hath kindled a fire in Zion, and it hath devoured the foundations thereof.
12 The kings of the earth, and all the inhabitants of the world, would not have believed that the adversary and the enemy should have entered into the gates of Jerusalem.
13 For the sins of her prophets, and the iniquities of her priests, that have shed the blood of the just in the midst of her,
14 They have wandered as blind men in the streets, they have polluted themselves with blood, so that men could not touch their garments.
15 They cried unto them, Depart ye; it is unclean; depart, depart, touch not: when they fled away and wandered, they said among the heathen, They shall no more sojourn there.
16 The anger of the Lord hath divided them; he will no more regard them: they respected not the persons of the priests, they favoured not the elders.
17 As for us, our eyes as yet failed for our vain help: in our watching we have watched for a nation that could not save us.
18 They hunt our steps, that we cannot go in our streets: our end is near, our days are fulfilled; for our end is come.
19 Our persecutors are swifter than the eagles of the heaven: they pursued us upon the mountains, they laid wait for us in the wilderness.
20 The breath of our nostrils, the anointed of the Lord, was taken in their pits, of whom we said, Under his shadow we shall live among the heathen.
21 Rejoice and be glad, O daughter of Edom, that dwellest in the land of Uz; the cup also shall pass through unto thee: thou shalt be drunken, and shalt make thyself naked.
22 The punishment of thine iniquity is accomplished, O daughter of Zion; he will no more carry thee away into captivity: he will visit thine iniquity, O daughter of Edom; he will discover thy sins.