लूका 2

1 त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पंञ्जिकृत गराउनु पर्थ्यो।

2 यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो।

3 जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पंञ्जिकृत गराउन गए।

4 यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।

5 यूसुफ पंञ्जिकरणको लागि मरियमसंगै गए किनभने मरियमसंग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्।

6 यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो।

7 अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।

8 त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेडाहरू हेरचाह गरिरहेका थिए।

9 परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए।

10 तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त र्हषित तुल्याउनेछ।

11 किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ।

12 उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”

13 त्यसपछि अचानक अनगन्ति र्स्वगिय दूतहरू पहिलो दूतसंग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका गरे।

14 सर्वोच्चमा परमेश्वरलाई महिमा। अनि जति मानिसहरूसंग परमेश्वर खुशी हुनुहुन्छ तिनीहरूमा शान्ति रहोस्।”

15 ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।”

16 तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अन बालक डूँडमा सुतिरहेको थियो।

17 गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए।

18 गोठालाहरूको कुरा सुनेर सबै छक्क परे।

19 मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्।

20 गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घटनाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेडाहरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।

21 जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।

22 मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अघि समर्पण गराउन यरूशलेम लगे।

23 परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छः “यदि कुनै परिवारमा पहिलो सन्तान पुरुष जन्मे ऊ परमप्रभुको निम्ति पवित्र मानिन्छ।”‘

24 अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए।शिमियोनले येशूलाई देखे

25 शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो।

26 परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो।

27 आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए।

28 शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः

29 अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईंको दासलाई शान्ति संग विदा दिनुहोस्।

30 किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्।

31 जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो।

32 तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”

33 उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे।

34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियम, येशूकी आमालाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।

35 यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ”

36 हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात र्वष मात्र बिताइन।

37 त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी र्वष पुगेकी थिइन्। हन्ना सधैं मन्दिर रहन्थि। उनी कहीं जाँदिन थिइन्। रात दिन उपावस र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना र्गथिन्।

38 ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुग्नि औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसंग उनको विषयमा बात गरिन्।

39 यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए।

40 सानो बालक दिनप्रति दिन बढदै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।

41 निस्तार चाडको बेला प्रत्येक र्वष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे।

42 जब येशू बाह्र र्वष को हुनुभयो, सधैं झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए।

43 जब भोज सिद्धियो तिनीहरू घर र्फकिरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा -बाबुलाई केही थाहा भएन।

44 तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसंग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिडीरहे । तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे

45 तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के।

46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसंग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो।

47 ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए।

48 जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”

49 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?”

50 तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्।

51 तब येशू तिनीहरूसंगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्।

52 येशू शारीरिक रूपमा र बुद्धिमा बढदै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।

1 And it came to pass in those days, that there went out a decree from Caesar Augustus, that all the world should be taxed.

2 (And this taxing was first made when Cyrenius was governor of Syria.)

3 And all went to be taxed, every one into his own city.

4 And Joseph also went up from Galilee, out of the city of Nazareth, into Judaea, unto the city of David, which is called Bethlehem; (because he was of the house and lineage of David:)

5 To be taxed with Mary his espoused wife, being great with child.

6 And so it was, that, while they were there, the days were accomplished that she should be delivered.

7 And she brought forth her firstborn son, and wrapped him in swaddling clothes, and laid him in a manger; because there was no room for them in the inn.

8 And there were in the same country shepherds abiding in the field, keeping watch over their flock by night.

9 And, lo, the angel of the Lord came upon them, and the glory of the Lord shone round about them: and they were sore afraid.

10 And the angel said unto them, Fear not: for, behold, I bring you good tidings of great joy, which shall be to all people.

11 For unto you is born this day in the city of David a Saviour, which is Christ the Lord.

12 And this shall be a sign unto you; Ye shall find the babe wrapped in swaddling clothes, lying in a manger.

13 And suddenly there was with the angel a multitude of the heavenly host praising God, and saying,

14 Glory to God in the highest, and on earth peace, good will toward men.

15 And it came to pass, as the angels were gone away from them into heaven, the shepherds said one to another, Let us now go even unto Bethlehem, and see this thing which is come to pass, which the Lord hath made known unto us.

16 And they came with haste, and found Mary, and Joseph, and the babe lying in a manger.

17 And when they had seen it, they made known abroad the saying which was told them concerning this child.

18 And all they that heard it wondered at those things which were told them by the shepherds.

19 But Mary kept all these things, and pondered them in her heart.

20 And the shepherds returned, glorifying and praising God for all the things that they had heard and seen, as it was told unto them.

21 And when eight days were accomplished for the circumcising of the child, his name was called JESUS, which was so named of the angel before he was conceived in the womb.

22 And when the days of her purification according to the law of Moses were accomplished, they brought him to Jerusalem, to present him to the Lord;

23 (As it is written in the law of the Lord, Every male that openeth the womb shall be called holy to the Lord;)

24 And to offer a sacrifice according to that which is said in the law of the Lord, A pair of turtledoves, or two young pigeons.

25 And, behold, there was a man in Jerusalem, whose name was Simeon; and the same man was just and devout, waiting for the consolation of Israel: and the Holy Ghost was upon him.

26 And it was revealed unto him by the Holy Ghost, that he should not see death, before he had seen the Lord’s Christ.

27 And he came by the Spirit into the temple: and when the parents brought in the child Jesus, to do for him after the custom of the law,

28 Then took he him up in his arms, and blessed God, and said,

29 Lord, now lettest thou thy servant depart in peace, according to thy word:

30 For mine eyes have seen thy salvation,

31 Which thou hast prepared before the face of all people;

32 A light to lighten the Gentiles, and the glory of thy people Israel.

33 And Joseph and his mother marvelled at those things which were spoken of him.

34 And Simeon blessed them, and said unto Mary his mother, Behold, this child is set for the fall and rising again of many in Israel; and for a sign which shall be spoken against;

35 (Yea, a sword shall pierce through thy own soul also,) that the thoughts of many hearts may be revealed.

36 And there was one Anna, a prophetess, the daughter of Phanuel, of the tribe of Aser: she was of a great age, and had lived with an husband seven years from her virginity;

37 And she was a widow of about fourscore and four years, which departed not from the temple, but served God with fastings and prayers night and day.

38 And she coming in that instant gave thanks likewise unto the Lord, and spake of him to all them that looked for redemption in Jerusalem.

39 And when they had performed all things according to the law of the Lord, they returned into Galilee, to their own city Nazareth.

40 And the child grew, and waxed strong in spirit, filled with wisdom: and the grace of God was upon him.

41 Now his parents went to Jerusalem every year at the feast of the passover.

42 And when he was twelve years old, they went up to Jerusalem after the custom of the feast.

43 And when they had fulfilled the days, as they returned, the child Jesus tarried behind in Jerusalem; and Joseph and his mother knew not of it.

44 But they, supposing him to have been in the company, went a day’s journey; and they sought him among their kinsfolk and acquaintance.

45 And when they found him not, they turned back again to Jerusalem, seeking him.

46 And it came to pass, that after three days they found him in the temple, sitting in the midst of the doctors, both hearing them, and asking them questions.

47 And all that heard him were astonished at his understanding and answers.

48 And when they saw him, they were amazed: and his mother said unto him, Son, why hast thou thus dealt with us? behold, thy father and I have sought thee sorrowing.

49 And he said unto them, How is it that ye sought me? wist ye not that I must be about my Father’s business?

50 And they understood not the saying which he spake unto them.

51 And he went down with them, and came to Nazareth, and was subject unto them: but his mother kept all these sayings in her heart.

52 And Jesus increased in wisdom and stature, and in favour with God and man.

1 Kings 5 in Tamil and English

1 हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए।
And Hiram king of Tyre sent his servants unto Solomon; for he had heard that they had anointed him king in the room of his father: for Hiram was ever a lover of David.

2 सुलेमानले राजा हीरामलाई जे भने, यो होः
And Solomon sent to Hiram, saying,

3 “तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।
Thou knowest how that David my father could not build an house unto the name of the Lord his God for the wars which were about him on every side, until the Lord put them under the soles of his feet.

4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू संकटमा छैनन्।
But now the Lord my God hath given me rest on every side, so that there is neither adversary nor evil occurrent.

5 “परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु।
And, behold, I purpose to build an house unto the name of the Lord my God, as the Lord spake unto David my father, saying, Thy son, whom I will set upon thy throne in thy room, he shall build an house unto my name.

6 यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मज्दुरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।”
Now therefore command thou that they hew me cedar trees out of Lebanon; and my servants shall be with thy servants: and unto thee will I give hire for thy servants according to all that thou shalt appoint: for thou knowest that there is not among us any that can skill to hew timber like unto the Sidonians.

7 जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!”
And it came to pass, when Hiram heard the words of Solomon, that he rejoiced greatly, and said, Blessed be the Lord this day, which hath given unto David a wise son over this great people.

8 तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो, “तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु।
And Hiram sent to Solomon, saying, I have considered the things which thou sentest to me for: and I will do all thy desire concerning timber of cedar, and concerning timber of fir.

9 मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ।” बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।”
My servants shall bring them down from Lebanon unto the sea: and I will convey them by sea in floats unto the place that thou shalt appoint me, and will cause them to be discharged there, and thou shalt receive them: and thou shalt accomplish my desire, in giving food for my household.

10 यसकारण हीरामले सुलेमानलाई उसलाई चाहे जति सक्दो देवदारू अनि गोब्रेसल्लाको रूखहरू जुटाए।
So Hiram gave Solomon cedar trees and fir trees according to all his desire.

11 सुलेमानले हीरामलाई 20,000 मुरीगहुँ र 20 मुरीभद्राक्षको तेल प्रत्येक वर्ष उसको परिवारको निम्ति जुटाए।
And Solomon gave Hiram twenty thousand measures of wheat for food to his household, and twenty measures of pure oil: thus gave Solomon to Hiram year by year.

12 परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान माझ शान्ति थियो। यी दुइ राजाहरूले आफ्समा सन्धि गरेका थिए।
And the Lord gave Solomon wisdom, as he promised him: and there was peace between Hiram and Solomon; and they two made a league together.

13 राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए।
And king Solomon raised a levy out of all Israel; and the levy was thirty thousand men.

14 राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए।
And he sent them to Lebanon, ten thousand a month by courses: a month they were in Lebanon, and two months at home: and Adoniram was over the levy.

15 सुलेमानले पर्वतीय क्षेत्रमा 80,000 मानिसहरूलाई काममा लगाए। ती मानिसहरूको काम चट्टान काट्नु थियो। चट्टान बोक्ने मानिसहरू 70,000 थिए।
And Solomon had threescore and ten thousand that bare burdens, and fourscore thousand hewers in the mountains;

16 काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए।
Beside the chief of Solomon’s officers which were over the work, three thousand and three hundred, which ruled over the people that wrought in the work.

17 राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो।
And the king commanded, and they brought great stones, costly stones, and hewed stones, to lay the foundation of the house.

18 तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुट्टा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे।
And Solomon’s builders and Hiram’s builders did hew them, and the stonesquarers: so they prepared timber and stones to build the house.