Micah 6:7
के परमप्रभु एक हजार भेडा र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?
Micah 6:7 in Other Translations
King James Version (KJV)
Will the LORD be pleased with thousands of rams, or with ten thousands of rivers of oil? shall I give my firstborn for my transgression, the fruit of my body for the sin of my soul?
American Standard Version (ASV)
will Jehovah be pleased with thousands of rams, `or' with ten thousands of rivers of oil? shall I give my first-born for my transgression, the fruit of my body for the sin of my soul?
Bible in Basic English (BBE)
Will the Lord be pleased with thousands of sheep or with ten thousand rivers of oil? am I to give my first child for my wrongdoing, the fruit of my body for the sin of my soul?
Darby English Bible (DBY)
Will Jehovah take pleasure in thousands of rams, in ten thousands of rivers of oil? Shall I give my firstborn for my transgression, the fruit of my body for the sin of my soul?
World English Bible (WEB)
Will Yahweh be pleased with thousands of rams? With tens of thousands of rivers of oil? Shall I give my firstborn for my disobedience? The fruit of my body for the sin of my soul?
Young's Literal Translation (YLT)
Is Jehovah pleased with thousands of rams? With myriads of streams of oil? Do I give my first-born `for' my transgression? The fruit of my body `for' the sin of my soul?
| Will the Lord | הֲיִרְצֶ֤ה | hăyirṣe | huh-yeer-TSEH |
| be pleased | יְהוָה֙ | yĕhwāh | yeh-VA |
| thousands with | בְּאַלְפֵ֣י | bĕʾalpê | beh-al-FAY |
| of rams, | אֵילִ֔ים | ʾêlîm | ay-LEEM |
| thousands ten with or | בְּרִֽבְב֖וֹת | bĕribĕbôt | beh-ree-veh-VOTE |
| of rivers | נַֽחֲלֵי | naḥălê | NA-huh-lay |
| of oil? | שָׁ֑מֶן | šāmen | SHA-men |
| give I shall | הַאֶתֵּ֤ן | haʾettēn | ha-eh-TANE |
| my firstborn | בְּכוֹרִי֙ | bĕkôriy | beh-hoh-REE |
| for my transgression, | פִּשְׁעִ֔י | pišʿî | peesh-EE |
| the fruit | פְּרִ֥י | pĕrî | peh-REE |
| body my of | בִטְנִ֖י | biṭnî | veet-NEE |
| for the sin | חַטַּ֥את | ḥaṭṭat | ha-TAHT |
| of my soul? | נַפְשִֽׁי׃ | napšî | nahf-SHEE |
Cross Reference
2 राजा 16:3
आहाजले इस्राएलका राजाहरू जस्तै जीवन बिताए। उनले आफ्नो छोरालाई आगोमा बलि दिए। उनले राष्ट्रमा घोर पापको नक्कल गरे जसलाई परमप्रभुले इस्राएलीहरू आएको बेला देश छोड्न लगाउनुभयो।
यशैया 40:16
लबानोनमा भएका जम्मै रूखहरूले पनि परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन्। अनि लबनोनका जम्मै पशुहरू होमबलिका तिम्ति प्रशस्त हुँदैन्।
भजनसंग्रह 50:9
म तिम्रो घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
1 शमूएल 15:22
शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो।
लेवी 18:21
“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।
2 राजा 3:27
तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।
2 राजा 21:6
मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।
2 राजा 23:10
तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्।
भजनसंग्रह 51:16
तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न् यसकारण मैले किन बलिहरू चढाउनु।
यर्मिया 7:31
यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।
फिलेमोन 1:12
म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु।
आमोस 5:22
तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरुले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन।
न्यायकर्ता 11:39
दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो।
अय्यूब 29:6
जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो। म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।
भजनसंग्रह 10:8
ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन। तिनीहरू लुक्छन् र मानिसहरूलाई घात पुर्याउन खोजिरहेका हुन्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई पनि मार्दछन्।
यशैया 1:11
परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।
यर्मिया 7:21
सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ।
यर्मिया 19:5
आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनिन। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनिन। मैले यस्तो कुराहरू सोचिन पनि।
इजकिएल 16:20
परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिम्रा मूर्तिहरूसित यस्तो वेश्यावृति गर्नु सानो कुरो हो?
इजकिएल 23:37
तिनीहरूले व्यभिचारी पाप गरे। तिनीहरूले हत्या जस्तो अपराध गरे। तिनीहरूले वेश्या जस्तो काम गरे, तिनीहरूले आफ्नो अपवित्र मूर्तिहरूको लागि मलाई छोडिदिए। तिनीहरूले तिनीहरूको नानीहरूलाई बलिदान दिए जो मेरा निम्ति जन्माएका थिए। तिनीहरूले आफ्नो मूर्तिहरूलाई भोजन दिनका निम्ति यसो गरे।
होशे 6:6
किनभने म अमर प्रेम चाहन्छु बलिदान होइन अनि म चाहन्छु मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा परमेश्वरलाई बेशी जानुन्।
न्यायकर्ता 11:31
म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”