भजनसंग्रह 10:4 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 10 भजनसंग्रह 10:4

Psalm 10:4
दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।

Psalm 10:3Psalm 10Psalm 10:5

Psalm 10:4 in Other Translations

King James Version (KJV)
The wicked, through the pride of his countenance, will not seek after God: God is not in all his thoughts.

American Standard Version (ASV)
The wicked, in the pride of his countenance, `saith', He will not require `it'. All his thoughts are, There is no God.

Bible in Basic English (BBE)
The evil-doer in his pride says, God will not make a search. All his thoughts are, There is no God.

Darby English Bible (DBY)
The wicked [saith], in the haughtiness of his countenance, He doth not search out: all his thoughts are, There is no God!

Webster's Bible (WBT)
The wicked, through the pride of his countenance, will not seek after God: God is not in all his thoughts.

World English Bible (WEB)
The wicked, in the pride of his face, Has no room in his thoughts for God.

Young's Literal Translation (YLT)
The wicked according to the height of his face, inquireth not. `God is not!' `are' all his devices.

The
wicked,
רָשָׁ֗עrāšāʿra-SHA
through
the
pride
כְּגֹ֣בַהּkĕgōbahkeh-ɡOH-va
countenance,
his
of
אַ֭פּוֹʾappôAH-poh
will
not
בַּלbalbahl
seek
יִדְרֹ֑שׁyidrōšyeed-ROHSH
after
God:
God
אֵ֥יןʾênane
is
not
אֱ֝לֹהִ֗יםʾĕlōhîmA-loh-HEEM
in
all
כָּלkālkahl
his
thoughts.
מְזִמּוֹתָֽיו׃mĕzimmôtāywmeh-zee-moh-TAIV

Cross Reference

भजनसंग्रह 53:1
केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्। त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्, अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।

यशैया 59:7
तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दर्गुन चलाउँनछ। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव एव चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।

यशैया 65:2
“म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे।

यर्मिया 2:31
यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?

यर्मिया 4:14
हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।

दानियल 5:22
“अनि तिमी बेलसजर उहाँकै नाति हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन।

सपन्याह 2:3
सबै नम्र मानिसहरू परमप्रभुकहाँ जाऊ। उहाँका नियमहरू पालन गर, राम्रो कुराहरू सिख, नम्रता खोज। तब मात्र तिमीहरू सुरक्षित रहनसक्छौ जुन समय परमप्रभुले क्रोध प्रकट गर्नुहुन्छ।

मर्कूस 7:21
सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या

प्रेरित 8:22
तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ।

रोमी 1:21
मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो।

रोमी 1:28
परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो।

एफिसी 2:12
याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।

यशैया 3:9
मानिसहरूका अनुहारहरूले बताउँछन कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अंहकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।

यशैया 2:11
घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।

हितोपदेश 30:13
केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

प्रस्थान 5:2
तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”

व्यवस्था 8:14
जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स।

अय्यूब 22:17
ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’

भजनसंग्रह 14:1
मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।

भजनसंग्रह 18:27
हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।

भजनसंग्रह 27:8
हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छ। म तपाईं समक्ष बोल्न आएँ।

भजनसंग्रह 36:1
एकजना दुष्ट मानिसले एकदमै दुष्ट काम गर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ, “म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”

भजनसंग्रह 101:5
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्दै र अरू भन्दा म श्रेष्ठ छु भनेर सोच्नेहरूलाई म अनुमति दिनेछैन।

हितोपदेश 6:17
आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।

हितोपदेश 21:4
घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।

हितोपदेश 30:9
यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।

उत्पत्ति 6:5
परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरुमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरुले मनमा जे चिताउँद थिए सँधै विचारहरु नै दुष्टपूर्ण हुन्थ्यो।