Psalm 119:80
परमप्रभु, मैले तपाईंको आज्ञाहरू सम्पूर्ण प्रकारले पालन गर्न सकुँ ताकि म लज्जित हुने छैन।
Psalm 119:80 in Other Translations
King James Version (KJV)
Let my heart be sound in thy statutes; that I be not ashamed.
American Standard Version (ASV)
Let my heart be perfect in thy statutes, That I be not put to shame.
Bible in Basic English (BBE)
Let all my heart be given to your orders, so that I may not be put to shame.
Darby English Bible (DBY)
Let my heart be perfect in thy statutes, that I be not ashamed.
World English Bible (WEB)
Let my heart be blameless toward your decrees, That I may not be disappointed.
Young's Literal Translation (YLT)
My heart is perfect in Thy statutes, So that I am not ashamed.
| Let my heart | יְהִֽי | yĕhî | yeh-HEE |
| be | לִבִּ֣י | libbî | lee-BEE |
| sound | תָמִ֣ים | tāmîm | ta-MEEM |
| statutes; thy in | בְּחֻקֶּ֑יךָ | bĕḥuqqêkā | beh-hoo-KAY-ha |
| that | לְ֝מַ֗עַן | lĕmaʿan | LEH-MA-an |
| I be not | לֹ֣א | lōʾ | loh |
| ashamed. | אֵבֽוֹשׁ׃ | ʾēbôš | ay-VOHSH |
Cross Reference
व्यवस्था 26:16
“आज परमप्रभु तिमीहरूका परमेश्वरले यी सब विधि र नियमहरू पालन गर्नु भनी आज्ञा तिमीहरूलाई दिनु हुनेछ। आफ्नो सम्पूर्ण हृदय र प्राणले यी सब पालन गर्न होशियार होऊ।
1 यूहन्ना 2:28
हे, मेरा प्यारा बालकहरु, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन।
2 कोरिन्थी 1:12
यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।
यूहन्ना 1:47
येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”
इजकिएल 11:9
परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु!
हितोपदेश 4:23
सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
भजनसंग्रह 119:6
तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
भजनसंग्रह 32:2
त्यो मानिस खुशी हुन्छ जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
भजनसंग्रह 25:21
हे परमेश्वर, तपाईं साँच्चै नै इमान्दारी र धार्मिक हुनुहुन्छ म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।
भजनसंग्रह 25:2
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
2 इतिहास 31:20
यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।
2 इतिहास 25:2
अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्।
2 इतिहास 15:17
उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।
2 इतिहास 12:14
रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।