Psalm 136:6
परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
Psalm 136:6 in Other Translations
King James Version (KJV)
To him that stretched out the earth above the waters: for his mercy endureth for ever.
American Standard Version (ASV)
To him that spread forth the earth above the waters; For his lovingkindness `endureth' for ever:
Bible in Basic English (BBE)
To him by whom the earth was stretched out over the waters: for his mercy is unchanging for ever.
Darby English Bible (DBY)
To him that stretched out the earth above the waters, for his loving-kindness [endureth] for ever;
World English Bible (WEB)
To him who spread out the earth above the waters; For his loving kindness endures forever:
Young's Literal Translation (YLT)
To Him spreading the earth over the waters, For to the age `is' His kindness.
| To him that stretched out | לְרֹקַ֣ע | lĕrōqaʿ | leh-roh-KA |
| the earth | הָ֭אָרֶץ | hāʾāreṣ | HA-ah-rets |
| above | עַל | ʿal | al |
| waters: the | הַמָּ֑יִם | hammāyim | ha-MA-yeem |
| for | כִּ֖י | kî | kee |
| his mercy | לְעוֹלָ֣ם | lĕʿôlām | leh-oh-LAHM |
| endureth for ever. | חַסְדּֽוֹ׃ | ḥasdô | hahs-DOH |
Cross Reference
भजनसंग्रह 24:2
परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।
यर्मिया 10:12
परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो अनि उहाँले आफ्नो समझ द्वारा आकाशलाई फैलाउनुभयो।
यशैया 44:24
परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ। परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाकै गर्भभित्र थियौ। परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो। म स्वयंले आकाश राखें। मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”
उत्पत्ति 1:9
तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो।
2 पत्रुस 3:5
तर ती मानिसहरु धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरु थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो।
जकरिया 12:1
इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो,
यशैया 42:5
परमप्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।
यशैया 40:22
परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ, अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्। उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो। बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।
भजनसंग्रह 104:2
तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्। तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।
अय्यूब 37:18
अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ, अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?
अय्यूब 26:7
परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो। परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो।