Psalm 71:5
मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ, म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु।
Psalm 71:5 in Other Translations
King James Version (KJV)
For thou art my hope, O Lord GOD: thou art my trust from my youth.
American Standard Version (ASV)
For thou art my hope, O Lord Jehovah: `Thou art' my trust from my youth.
Bible in Basic English (BBE)
For you are my hope, O Lord God; I have had faith in you from the time when I was young.
Darby English Bible (DBY)
For thou art my hope, O Lord Jehovah, my confidence from my youth.
Webster's Bible (WBT)
For thou art my hope, O Lord GOD: thou art my trust from my youth.
World English Bible (WEB)
For you are my hope, Lord Yahweh; My confidence from my youth.
Young's Literal Translation (YLT)
For Thou `art' my hope, O Lord Jehovah, My trust from my youth.
| For | כִּֽי | kî | kee |
| thou | אַתָּ֥ה | ʾattâ | ah-TA |
| art my hope, | תִקְוָתִ֑י | tiqwātî | teek-va-TEE |
| O Lord | אֲדֹנָ֥י | ʾădōnāy | uh-doh-NAI |
| God: | יְ֝הוִ֗ה | yĕhwi | YEH-VEE |
| thou art my trust | מִבְטַחִ֥י | mibṭaḥî | meev-ta-HEE |
| from my youth. | מִנְּעוּרָֽי׃ | minnĕʿûrāy | mee-neh-oo-RAI |
Cross Reference
यर्मिया 17:13
हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ, तिनीहरू सब जसले छोडछन्, पछि तिनीहरू लज्जित हुनेछन्। भूमिमा जसले तपाईंलाई छोडनेछन्। तिनीहरूको नाउँ माटोमा लेखिनेछकिनभने तिनीहरूले परमप्रभुलाई जीवित जलश्रोतलाई त्यागे।
यर्मिया 17:7
त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।
यर्मिया 17:17
मलाई डर नदेखाउनु होस्। तपाईं मेरो विपत्तिको दिनमा शरण स्थान हुनुहुन्छ।
भजनसंग्रह 71:17
हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो। अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अदूभूत कार्यहरू बारेमा घोषणा गर्दछु।
भजनसंग्रह 39:7
यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ? तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।
1 शमूएल 17:45
दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।
2 तिमोथी 3:15
तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।
रोमी 15:13
तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
लूका 2:40
सानो बालक दिनप्रति दिन बढदै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।
यर्मिया 50:7
ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए। तिनीहरूका शत्रुहरूले भने, ‘हामीले गल्ती काम गरेका छैनौ’ किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे जो तिनीहरूका साँचो आश्रय (घर) थियो। तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।
यर्मिया 14:8
हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।
उपदेशक 12:1
सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि। मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।
भजनसंग्रह 119:166
हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
भजनसंग्रह 119:81
म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
भजनसंग्रह 42:11
मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ!
भजनसंग्रह 22:9
हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु। तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ। जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
भजनसंग्रह 13:5
हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
1 शमूएल 17:33
शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।”
1 शमूएल 16:13
शमूएलले सीङबाट तेल निकालेर यिशैको कान्छा छोराको शिरमा दाजूहरूका अगाडी खन्याई दिए। परमप्रभुको आत्मा एकदमै शक्तिको साथ दाऊदमाथि त्यस दिन देखि उत्रियो। त्यस पछि शमूएल रामा घरतिर फर्के।