No lexicon data found for Strong's number: 1404

प्रकाश 12:3
त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरु थियो।

प्रकाश 12:4
त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरुको एक तिहाइ अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खडा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।

प्रकाश 12:7
त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकलअनि तिनका दूतहरु त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरु प्रतिकारमा लडे।

प्रकाश 12:7
त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकलअनि तिनका दूतहरु त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरु प्रतिकारमा लडे।

प्रकाश 12:9
त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।

प्रकाश 12:13
त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फ्याँकिएको छ। यसर्थ उसले त्यस स्त्रीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई।

प्रकाश 12:16
तर त्यस स्त्रीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्यो अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो।

प्रकाश 12:17
तब त्यो विशाल सर्प त्यस स्त्री प्रति खूबै क्रोधित भयो। त्यो सर्प त्यस स्त्रीको अन्य बालकहरुको विरुद्ध लडाईं गर्न हिँडयो। त्यस स्त्रीका बालकहरु तिनीहरु थिए जसले परमेश्वरको आदेशको पालन गर्थे। येशूले सिकाएको सत्य तिनीहरुसित थियो। त्यो विशाल सर्प समुद्र किनारमा खडा भयो।

प्रकाश 13:2
यो पशु भालूको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिँहको जस्तो मुख थियो। त्यो विशाल सर्पल त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।

प्रकाश 13:4
मानिसहरुले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरुले त्यस पशुको पनि उपासना गरे। तिनीहरुले सोधे, “त्यो पशु जस्तो शक्तिशाली को छ?” को त्यसको विरुद्धमा लडाईं गर्न सक्छ?”

Occurences : 13

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்