लूका 9:32
पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।
रोमी 3:5
जब हामी गल्ती गर्छौ, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौ कि परमेश्वरले हामीलाई दण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दैछु।
रोमी 5:8
यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।
रोमी 16:1
म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्।
2 कोरिन्थी 3:1
फेरि के हामी हाम्रै विषयमा गर्व गछौं? अरूहरू जस्तै तिमीहरूलाई वा तिमीहरूबाट परिचय-पत्रको खाँचो पर्छ?
2 कोरिन्थी 4:2
तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अहँ! ठयाम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्।
2 कोरिन्थी 5:12
हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नै बारेमा भन्दैछौं। हाम्रा बारेमा किन र्गवित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्।
2 कोरिन्थी 6:4
तर दुःखमा, अप्ठेरोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं
2 कोरिन्थी 7:11
तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्न पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।
2 कोरिन्थी 10:12
हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछन्।
Occurences : 16
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்