No lexicon data found for Strong's number: 4972

मत्ती 27:66
यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।

यूहन्ना 3:33
उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन।

यूहन्ना 6:27
जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”

रोमी 15:28
मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु।

2 कोरिन्थी 1:22
हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

2 कोरिन्थी 11:10
यस विषयमा गर्व गर्नु मलाई अखैयामा कसैले रोकने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु।

एफिसी 1:13
तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँचो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो।

एफिसी 4:30
पवित्र आत्मालाई दुखित नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो।

प्रकाश 7:3
“भूमि वा समुद्र वा बृक्षहरुलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरुको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट न पुर्याऊ।”

प्रकाश 7:4
तब मैले, कति जना मानिसहरुलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरु इस्राएलका मानिसहरुको हरेक कुल समूहबाट थिए।

Occurences : 26

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்