Base Word
בַּעַל
Short DefinitionBaal, a Phoenician deity
Long Definition(n pr m) supreme male divinity of the Phoenicians or Canaanites
Derivationthe same as H1167
International Phonetic Alphabetbɑˈʕɑl
IPA modbɑˈʕɑl
Syllablebaʿal
Dictionba-AL
Diction Modba-AL
UsageBaal, (plural) Baalim
Part of speechn-pr-m n-pr-loc

न्यायकर्ता 2:11
यसकारणले इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए।

न्यायकर्ता 2:13
इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुसरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।

न्यायकर्ता 3:7
इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे।

न्यायकर्ता 6:25
त्यही राती परमप्रभुले गिदोनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो बाबुले पालेको सात वर्ष पुगेको जवान साँढे ले। तेरा बाबुको झूटो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा झूटा देवी अशेराको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न साँडेको प्रयोग गर अनि अशेरका खम्बा काटिदे।

न्यायकर्ता 6:28
शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेराको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो मिदोनले निर्माण गरेको थियो। अनि तिनीहरूले त्यो साँढे देखे जसलाई वेदीमा बलिदानहरू चढाइएको थियो।

न्यायकर्ता 6:30
यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।”

न्यायकर्ता 6:31
तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिंदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफै गर्नु पर्ने।”

न्यायकर्ता 6:32
योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई यरूब्बाल भने।

न्यायकर्ता 8:33
गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुसरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए।

न्यायकर्ता 10:6
फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।

Occurences : 80

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்