Base Word
אֹיֵב
Short Definitionhating; an adversary
Long Definition(Qal) enemy
Derivationor (fully) אוֹיֵב; active participle of H0340
International Phonetic Alphabetʔoˈjeb
IPA modʔo̞wˈjev
Syllableʾōyēb
Dictionoh-YABE
Diction Modoh-YAVE
Usageenemy, foe
Part of speechn-m

उत्पत्ति 22:17
म तिमीलाई साँचो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्।

उत्पत्ति 49:8
“हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।

प्रस्थान 15:6
“तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।

प्रस्थान 15:9
“शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’

प्रस्थान 23:4
“यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।

प्रस्थान 23:22
उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु।”

प्रस्थान 23:27
“म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मदत गर्नेछु।

लेवी 26:7
“तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ।

लेवी 26:8
तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।

लेवी 26:16
यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्।

Occurences : 282

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்