Base Word
מָכַר
Short Definitionto sell, literally (as merchandise, a daughter in marriage, into slavery), or figuratively (to surrender)
Long Definitionto sell
Derivationa primitive root
International Phonetic Alphabetmɔːˈkɑr
IPA modmɑːˈχɑʁ
Syllablemākar
Dictionmaw-KAHR
Diction Modma-HAHR
Usage× at all, sell (away, -er, self)
Part of speechv

उत्पत्ति 25:31
तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेच्नु पर्छ।”

उत्पत्ति 25:33
तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचि दियो।

उत्पत्ति 31:15
उनले हामीलाई तिमीकहाँ बेचिदिए। अनि त्यो बाहेक उनले पैसाको प्रत्येक भाग खर्च गरे जो हाम्रो कारण पाएका थिए।

उत्पत्ति 37:27
बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए।

उत्पत्ति 37:28
जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।

उत्पत्ति 37:36
ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे।

उत्पत्ति 45:4
यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ।

उत्पत्ति 45:5
अहिले चिन्ता नगर। तिमीहरू आफैसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु।

उत्पत्ति 47:20
यसर्थ यूसुफले फिरऊनको निम्ति मिश्र देशको सबै भूमि किने। सबै मानिसहरूले यूसुफलाई भूमि बेचे। अनिकाल लागेको हुनाले तिनीहरूले त्यसो गरे।

उत्पत्ति 47:22
पूजाहारीहरूको भूमि मात्र यूसुफले फिरऊनको निम्ति किनेनन्। पूजाहारीहरूले आफ्नो भूमि बेच्न परेन कारण तिनीहरूको कार्यको निम्ति फिरऊनले तिनीहरूलाई पैसा दिन्थे। यसर्थ अन्न किन्दा तिनीहरूले त्यही पैसा खर्च गरे।

Occurences : 80

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்