Base Word
צָעִיר
Short Definitionlittle; (in number) few; (in age) young, (in value) ignoble
Long Definitionlittle, insignificant, young
Derivationor צָעוֹר; from H6819
International Phonetic Alphabett͡sˤɔːˈʕɪi̯r
IPA modt͡sɑːˈʕiːʁ
Syllableṣāʿîr
Dictiontsaw-EER
Diction Modtsa-EER
Usageleast, little (one), small (one), + young(-er, -est)
Part of speecha

उत्पत्ति 19:31
एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कही पनि पुरूष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन।

उत्पत्ति 19:34
अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतें। आज राती, फेरि उनलाई मताऊँ अनि तिमी उनको ओछ्यानमा जान सक्छौ अनि उनीसित शारीरिक सर्म्पक राख्नसक्छौ। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।”

उत्पत्ति 19:35
त्यस राती ती दुइ बहिनीहरूले आफ्नो पितालाई दाखरस पियाएर मताए अनि सानी चाँहि छोरी उनको ओछ्यानमा गई र सहवास गरी। तर फेरि लूत यति साह्रो मातेका थिए कति बेला को केटी उनको ओछ्यानमा सुत्न आई अनि उठेर गई उनलाई पत्तै भएन।

उत्पत्ति 19:38
सानी छोरीले पनि छोरो जन्माई र उसको नाउँ बेनअमी राखी। बेनअमी आजका सबै अम्मोनी मानिसहरूका पिता हुन्।

उत्पत्ति 25:23
परमप्रभुले उनलाई भन्नुभयो, “तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्। दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन् र तिनीहरू छुट्टीनेछन्। एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ।”

उत्पत्ति 29:26
लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं।

उत्पत्ति 43:33
यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए।

उत्पत्ति 48:14
तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे।

यहोशू 6:26
त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः“जो कोही मानिस जसले यरीहोको फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ। जो कसैले यो शहरमा जग बसाल्छ त्यसले आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ। जसले त्यस्ता मानिसद्वारा खडा गर्छ त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।”

न्यायकर्ता 6:15
तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।”

Occurences : 22

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்