Base Word
אַבְנֵט
Short Definitiona belt
Long Definitiongirdle, sash
Derivationof uncertain derivation
International Phonetic Alphabetʔɑbˈn̪et̪’
IPA modʔɑvˈnet
Syllableʾabnēṭ
Dictionab-NATE
Diction Modav-NATE
Usagegirdle
Part of speechn-m

प्रस्थान 28:4
ती मानिसहरूले पोशाक छालाको थैलो एपोद एउटा डोरी, झालर लगाएको डोरी, एउटा फेटा अनि एउटा पेटी बनाउनु पर्छ। ती मानिसहरूले यो पवित्र पोशाकहरू हारून र उसका छोराहरूका निम्ति बनाउनु पर्छ। तब हारून अनि उसका छोराहरू अधिकृत पूजाहारी हुन्छन्।

प्रस्थान 28:39
“सेतो लबेदा बनाउनलाई मसिनो सुती कपडा प्रयोग गर। फेटा बनाउन मिहीन लुगा प्रयोग गर। पेटीमा बुट्टाहरू सिलाएर बनाऊ।

प्रस्थान 28:40
हारूनका छोराहरूको निम्ति पनि लबेदा पटुका र फेटाहरू बनाऊ। यी वस्त्रहरूले तिनीहरूलाई सम्मान अनि गौरव प्रदान गर्नेछन्।

प्रस्थान 29:9
त्यसपछि तिनीहरूको कम्मरमा पटुका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हारून अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।

प्रस्थान 39:29
जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुट्टा भरेको पेटी बनाए।

लेवी 8:7
तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए।

लेवी 8:13
त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए।

लेवी 16:4
हारूनले आफ्नो सारा शरीर पानीले पखाल्नु पर्छ। तब उसले यी वस्त्रहरू धारण गर्नुपर्छः उसले लिनिनको पवित्र वस्त्र धारण गर्नु पर्छ। उसले लिनिनको भित्री लुगाहरू पनि लगाउनु पर्छ। उसले आफ्नो टाउकोमा लिनिनको फेटा र कम्मरमा लिनिनको पटुका कस्नु पर्छ। यी वस्त्रहरू पवित्र हुन्।

यशैया 22:21
म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்