Base Word
תַּזְנוּת
Short Definitionharlotry, i.e., (figuratively) idolatry
Long Definitionfornication, harlotry
Derivationor תַּזְנֻת; from H2181
International Phonetic Alphabett̪ɑd͡zˈn̪uːt̪
IPA modtɑzˈnut
Syllabletaznût
Dictiontahdz-NOOT
Diction Modtahz-NOOT
Usagefornication, whoredom
Part of speechn-f

इजकिएल 16:15
परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौं। तिमीले आफ्नो यशको उपयोग गर्यौं अनि तिमीले मलाई धोका दियौ। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौं अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिम्रो छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौं।

इजकिएल 16:20
परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिम्रा मूर्तिहरूसित यस्तो वेश्यावृति गर्नु सानो कुरो हो?

इजकिएल 16:22
तिमीले मलाई छोड्यौ अनि त्यो डरलाग्दा काम गर्यौ। तिमीले आफ्नो समयको कहिल्यै पनि याद गरेनौ जब तिमी बाल्यावस्थामा थियौ तिमीले याद गरेनौ, जतिबेला मैले तिमीलाई भेट्टाँए त्यति बेला तिमी नाङ्गै थियौं अनि रगतमा लटपटिरहेको थियौं।

इजकिएल 16:25
तिमीले प्रत्येक दोबाटोमा आफ्नो उच्च स्थान बनायौ। तिमीले आफ्नो सुन्दरतालाई तुच्छ देखायौ। तिमीले प्रत्येक बाटो भएर हिँड्ने मानिसहरूलाई फँसाउनका निम्ति यसो गर्यौं। तिमीले आफ्नो खुट्टा देखियोस् भनी फरियामाथि उठायौ अनि त्यसपछि तिमीले ती मानिसहरूसँग वेश्याहरूले झैं व्यवहार गर्न थाल्यौ।

इजकिएल 16:26
तब तिमी त्यो छिमेकी मिश्रकहाँ गयौं, जसको लिङ्ग एकदमै ठूलो थियो। तिमीले मलाई क्रोधित पार्नको लागि त्योसँग धेरै पल्ट शारीरिक सम्बन्ध स्थापित गर्यौं।

इजकिएल 16:29
यसकारण तिमी कनान पट्टि फर्कियौ अनि त्यसपछि बाबेल पट्टि। तब पनि तिमी सन्तुष्ट भएनौ।

इजकिएल 16:33
प्राय वेश्याहरू शारीरिक सम्बंधको लागि मानिसलाई ज्याला तिर्नु बाध्य गर्दछन्। तर तिमीले आफ्नो प्रेमीहरू लोभाउन स्वंय भेटी दिन्छौ, अनि तिनीहरूलाई शारीरिक सम्बंधको निम्ति आमन्त्रित गर्छौ। तिमीले आफ्नो चारैतिर सबैलाई आफूसँग शारीरिक सम्बंधको लागि आमन्त्रित गर्यौ।

इजकिएल 16:34
तिमी प्राय सबै वेश्याहरूको ठीक विपरीत छौ। प्राय वेश्याहरू पुरूषहरूलाई ज्याला तिर्नको लागि बाध्य गर्छन्। तर तिमीले पुरूषहरूलाई आफुसँग शारीरिक सम्बन्धको ज्याला तिर्ने गर्छौ।”

इजकिएल 16:36
परमप्रभु मेरो मालिकले यो कुरा भन्नुहुन्छ “तिमीले तिम्रो पैसा खर्च गरायौ अनि आफ्नो प्रेमीहरू तथा झूटा देवताहरूलाई आफ्नो नाङ्गो शरीर हेर्न दियौं तथा तिमीसित शारीरिक सम्बन्ध गर्नदियौ। तिमीहरूले तिनीहरूको नानीहरू मार्यौ अनि तिनीहरूको रगत बगायौ। त्यो ती झूटा देवताहरूलाई तिम्रो भेटी थियो।

इजकिएल 23:7
अनि ओहोलाले आफूलाई ती सबै मानिसहरूलाई सुम्पी दिए। ती सबै अश्शूरको सेनाहरूमा विशिष्ट छानिएका सैनिकहरू थिए। अनि ती सबैसित मोहित भई! उ ती अपवित्र मूर्तिहरूसित अपवित्र भई।

Occurences : 20

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்