Numbers 19

1 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

2 “परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।

3 तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ।

4 त्यसपछि एलाजारले उसको औंलाले केही रगत भेट हुने पालको अघिल्तिर सात पल्ट छर्कनु पर्छ।

5 तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ।

6 पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ।

7 त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ।

8 त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ।

9 “केही शुद्ध मानिसले जलाएको कोरेलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। खरानी इस्राएलका मानिसहरूलाई सफा गर्नका निम्ति पानीसित राखेका थियो। यो पापबलि हो।

10 “त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर साँझ सम्म अशुद्ध रहोस्।“इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बस्ने कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो।

11 एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।

12 तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा उ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन।

13 यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।

14 “यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्।

15 अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ।

16 यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।

17 “त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ।

18 कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।

19 “त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौं दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौं दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस अनि पानीमा नुहाओस् र साँझ सम्म अशुद्ध रहन्छ।

20 “यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो।

21 तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ।

22 प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”

1 And the Lord spake unto Moses and unto Aaron, saying,

2 This is the ordinance of the law which the Lord hath commanded, saying, Speak unto the children of Israel, that they bring thee a red heifer without spot, wherein is no blemish, and upon which never came yoke:

3 And ye shall give her unto Eleazar the priest, that he may bring her forth without the camp, and one shall slay her before his face:

4 And Eleazar the priest shall take of her blood with his finger, and sprinkle of her blood directly before the tabernacle of the congregation seven times:

5 And one shall burn the heifer in his sight; her skin, and her flesh, and her blood, with her dung, shall he burn:

6 And the priest shall take cedar wood, and hyssop, and scarlet, and cast it into the midst of the burning of the heifer.

7 Then the priest shall wash his clothes, and he shall bathe his flesh in water, and afterward he shall come into the camp, and the priest shall be unclean until the even.

8 And he that burneth her shall wash his clothes in water, and bathe his flesh in water, and shall be unclean until the even.

9 And a man that is clean shall gather up the ashes of the heifer, and lay them up without the camp in a clean place, and it shall be kept for the congregation of the children of Israel for a water of separation: it is a purification for sin.

10 And he that gathereth the ashes of the heifer shall wash his clothes, and be unclean until the even: and it shall be unto the children of Israel, and unto the stranger that sojourneth among them, for a statute for ever.

11 He that toucheth the dead body of any man shall be unclean seven days.

12 He shall purify himself with it on the third day, and on the seventh day he shall be clean: but if he purify not himself the third day, then the seventh day he shall not be clean.

13 Whosoever toucheth the dead body of any man that is dead, and purifieth not himself, defileth the tabernacle of the Lord; and that soul shall be cut off from Israel: because the water of separation was not sprinkled upon him, he shall be unclean; his uncleanness is yet upon him.

14 This is the law, when a man dieth in a tent: all that come into the tent, and all that is in the tent, shall be unclean seven days.

15 And every open vessel, which hath no covering bound upon it, is unclean.

16 And whosoever toucheth one that is slain with a sword in the open fields, or a dead body, or a bone of a man, or a grave, shall be unclean seven days.

17 And for an unclean person they shall take of the ashes of the burnt heifer of purification for sin, and running water shall be put thereto in a vessel:

18 And a clean person shall take hyssop, and dip it in the water, and sprinkle it upon the tent, and upon all the vessels, and upon the persons that were there, and upon him that touched a bone, or one slain, or one dead, or a grave:

19 And the clean person shall sprinkle upon the unclean on the third day, and on the seventh day: and on the seventh day he shall purify himself, and wash his clothes, and bathe himself in water, and shall be clean at even.

20 But the man that shall be unclean, and shall not purify himself, that soul shall be cut off from among the congregation, because he hath defiled the sanctuary of the Lord: the water of separation hath not been sprinkled upon him; he is unclean.

21 And it shall be a perpetual statute unto them, that he that sprinkleth the water of separation shall wash his clothes; and he that toucheth the water of separation shall be unclean until even.

22 And whatsoever the unclean person toucheth shall be unclean; and the soul that toucheth it shall be unclean until even.

Numbers 36 in Tamil and English

1 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,
And the chief fathers of the families of the children of Gilead, the son of Machir, the son of Manasseh, of the families of the sons of Joseph, came near, and spake before Moses, and before the princes, the chief fathers of the children of Israel:

2 “परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।
And they said, The Lord commanded my lord to give the land for an inheritance by lot to the children of Israel: and my lord was commanded by the Lord to give the inheritance of Zelophehad our brother unto his daughters.

3 अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ।
And if they be married to any of the sons of the other tribes of the children of Israel, then shall their inheritance be taken from the inheritance of our fathers, and shall be put to the inheritance of the tribe whereunto they are received: so shall it be taken from the lot of our inheritance.

4 इस्राएलीहरूको पुनर्स्थापनाको समयआउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूकोसित कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौं।”
And when the jubile of the children of Israel shall be, then shall their inheritance be put unto the inheritance of the tribe whereunto they are received: so shall their inheritance be taken away from the inheritance of the tribe of our fathers.

5 यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।
And Moses commanded the children of Israel according to the word of the Lord, saying, The tribe of the sons of Joseph hath said well.

6 सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन, हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन्। तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।
This is the thing which the Lord doth command concerning the daughters of Zelophehad, saying, Let them marry to whom they think best; only to the family of the tribe of their father shall they marry.

7 इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ।
So shall not the inheritance of the children of Israel remove from tribe to tribe: for every one of the children of Israel shall keep himself to the inheritance of the tribe of his fathers.

8 इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्।
And every daughter, that possesseth an inheritance in any tribe of the children of Israel, shall be wife unto one of the family of the tribe of her father, that the children of Israel may enjoy every man the inheritance of his fathers.

9 यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”
Neither shall the inheritance remove from one tribe to another tribe; but every one of the tribes of the children of Israel shall keep himself to his own inheritance.

10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।
Even as the Lord commanded Moses, so did the daughters of Zelophehad:

11 तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे।
For Mahlah, Tirzah, and Hoglah, and Milcah, and Noah, the daughters of Zelophehad, were married unto their father’s brothers’ sons:

12 तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।
And they were married into the families of the sons of Manasseh the son of Joseph, and their inheritance remained in the tribe of the family of their father.

13 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्। 
These are the commandments and the judgments, which the Lord commanded by the hand of Moses unto the children of Israel in the plains of Moab by Jordan near Jericho.