Numbers 28
1 परमप्रभुले मोशालाई भन्नुभयो,
2 “इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।
3 अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।
4 एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउनु पर्छ।
5 अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”
6 परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।
7 एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।
8 त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।”
9 “विश्रामको दिनमा पनि एक वर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ।
10 नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।”मासिक बैठक
11 “प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक वर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
12 प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेडासित तेलले मुछेको एपको दश खण्डको दुई खण्ड अन्नबलिको निम्ति र
13 प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ।
14 प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो।
15 होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।
16 “पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
17 त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।
18 यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन।
19 त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।
20 तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
21 र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ।
22 तिनीहरूलाई प्रायश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ।
23 तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।
24 “यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।
25 “सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।
26 “अगौटे फलहरूको दिनहरूमा, सातौ दिनका चाढहरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन।
27 तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू होमबलि चढाउनु पर्छ।
28 प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
29 अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ।
30 तिमीहरूको प्रायश्चितको निम्ति एउटा बोको पनि बलि चढाउनु।
31 तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
1 And the Lord spake unto Moses, saying,
2 Command the children of Israel, and say unto them, My offering, and my bread for my sacrifices made by fire, for a sweet savour unto me, shall ye observe to offer unto me in their due season.
3 And thou shalt say unto them, This is the offering made by fire which ye shall offer unto the Lord; two lambs of the first year without spot day by day, for a continual burnt offering.
4 The one lamb shalt thou offer in the morning, and the other lamb shalt thou offer at even;
5 And a tenth part of an ephah of flour for a meat offering, mingled with the fourth part of an hin of beaten oil.
6 It is a continual burnt offering, which was ordained in mount Sinai for a sweet savour, a sacrifice made by fire unto the Lord.
7 And the drink offering thereof shall be the fourth part of an hin for the one lamb: in the holy place shalt thou cause the strong wine to be poured unto the Lord for a drink offering.
8 And the other lamb shalt thou offer at even: as the meat offering of the morning, and as the drink offering thereof, thou shalt offer it, a sacrifice made by fire, of a sweet savour unto the Lord.
9 And on the sabbath day two lambs of the first year without spot, and two tenth deals of flour for a meat offering, mingled with oil, and the drink offering thereof:
10 This is the burnt offering of every sabbath, beside the continual burnt offering, and his drink offering.
11 And in the beginnings of your months ye shall offer a burnt offering unto the Lord; two young bullocks, and one ram, seven lambs of the first year without spot;
12 And three tenth deals of flour for a meat offering, mingled with oil, for one bullock; and two tenth deals of flour for a meat offering, mingled with oil, for one ram;
13 And a several tenth deal of flour mingled with oil for a meat offering unto one lamb; for a burnt offering of a sweet savour, a sacrifice made by fire unto the Lord.
14 And their drink offerings shall be half an hin of wine unto a bullock, and the third part of an hin unto a ram, and a fourth part of an hin unto a lamb: this is the burnt offering of every month throughout the months of the year.
15 And one kid of the goats for a sin offering unto the Lord shall be offered, beside the continual burnt offering, and his drink offering.
16 And in the fourteenth day of the first month is the passover of the Lord.
17 And in the fifteenth day of this month is the feast: seven days shall unleavened bread be eaten.
18 In the first day shall be an holy convocation; ye shall do no manner of servile work therein:
19 But ye shall offer a sacrifice made by fire for a burnt offering unto the Lord; two young bullocks, and one ram, and seven lambs of the first year: they shall be unto you without blemish:
20 And their meat offering shall be of flour mingled with oil: three tenth deals shall ye offer for a bullock, and two tenth deals for a ram;
21 A several tenth deal shalt thou offer for every lamb, throughout the seven lambs:
22 And one goat for a sin offering, to make an atonement for you.
23 Ye shall offer these beside the burnt offering in the morning, which is for a continual burnt offering.
24 After this manner ye shall offer daily, throughout the seven days, the meat of the sacrifice made by fire, of a sweet savour unto the Lord: it shall be offered beside the continual burnt offering, and his drink offering.
25 And on the seventh day ye shall have an holy convocation; ye shall do no servile work.
26 Also in the day of the firstfruits, when ye bring a new meat offering unto the Lord, after your weeks be out, ye shall have an holy convocation; ye shall do no servile work:
27 But ye shall offer the burnt offering for a sweet savour unto the Lord; two young bullocks, one ram, seven lambs of the first year;
28 And their meat offering of flour mingled with oil, three tenth deals unto one bullock, two tenth deals unto one ram,
29 A several tenth deal unto one lamb, throughout the seven lambs;
30 And one kid of the goats, to make an atonement for you.
31 Ye shall offer them beside the continual burnt offering, and his meat offering, (they shall be unto you without blemish) and their drink offerings.
Numbers 36 in Tamil and English
1 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,
And the chief fathers of the families of the children of Gilead, the son of Machir, the son of Manasseh, of the families of the sons of Joseph, came near, and spake before Moses, and before the princes, the chief fathers of the children of Israel:
2 “परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।
And they said, The Lord commanded my lord to give the land for an inheritance by lot to the children of Israel: and my lord was commanded by the Lord to give the inheritance of Zelophehad our brother unto his daughters.
3 अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ।
And if they be married to any of the sons of the other tribes of the children of Israel, then shall their inheritance be taken from the inheritance of our fathers, and shall be put to the inheritance of the tribe whereunto they are received: so shall it be taken from the lot of our inheritance.
4 इस्राएलीहरूको पुनर्स्थापनाको समयआउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूकोसित कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौं।”
And when the jubile of the children of Israel shall be, then shall their inheritance be put unto the inheritance of the tribe whereunto they are received: so shall their inheritance be taken away from the inheritance of the tribe of our fathers.
5 यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।
And Moses commanded the children of Israel according to the word of the Lord, saying, The tribe of the sons of Joseph hath said well.
6 सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन, हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन्। तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।
This is the thing which the Lord doth command concerning the daughters of Zelophehad, saying, Let them marry to whom they think best; only to the family of the tribe of their father shall they marry.
7 इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ।
So shall not the inheritance of the children of Israel remove from tribe to tribe: for every one of the children of Israel shall keep himself to the inheritance of the tribe of his fathers.
8 इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्।
And every daughter, that possesseth an inheritance in any tribe of the children of Israel, shall be wife unto one of the family of the tribe of her father, that the children of Israel may enjoy every man the inheritance of his fathers.
9 यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”
Neither shall the inheritance remove from one tribe to another tribe; but every one of the tribes of the children of Israel shall keep himself to his own inheritance.
10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।
Even as the Lord commanded Moses, so did the daughters of Zelophehad:
11 तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे।
For Mahlah, Tirzah, and Hoglah, and Milcah, and Noah, the daughters of Zelophehad, were married unto their father’s brothers’ sons:
12 तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।
And they were married into the families of the sons of Manasseh the son of Joseph, and their inheritance remained in the tribe of the family of their father.
13 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।
These are the commandments and the judgments, which the Lord commanded by the hand of Moses unto the children of Israel in the plains of Moab by Jordan near Jericho.