Numbers 34

1 परमप्रभुले मोशालाई भन्नुभयो,

2 “इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ।

3 त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरूभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ।

4 यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरूभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ।

5 सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ।

6 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।

7 अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ।

8 होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ।

9 तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ।

10 तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ।

11 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रकोछेउ सम्म जानेछ।

12 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”

13 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ।

14 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके।

15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।”

16 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,

17 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्।

18 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ।

19 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छःयहूदाको कुलबाट यपून्नेका छोरो कालेब,

20 सिमोनको कुलबाट अम्मीहूदको छोरो शेमूएल,

21 बिन्यामीनको कुलबाट किसलोनको छोरो एलीदाद,

22 दानको कुलबाट योगीलीको छोरो बुक्की,

23 यूसुफको सन्तानहरू मनश्शे कुलबाट एपोदको छोरो हन्नीयल,

24 यूसुफको छोरो एप्रैम कुलबाट सिप्तानको छोरो कमूएल,

25 जबूलून कुलबाट पर्नाकको छोरो एलीशापन,

26 इस्साकार कुलबाट अज्जानको छोरो पलतीयल,

27 आशेरको कुलबाट शलोमीको छोरो अहीहूद,

28 नप्तालीको कुलबाट अम्मीहूदका छोरो पदहेल।”

29 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो।

1 And the Lord spake unto Moses, saying,

2 Command the children of Israel, and say unto them, When ye come into the land of Canaan; (this is the land that shall fall unto you for an inheritance, even the land of Canaan with the coasts thereof:)

3 Then your south quarter shall be from the wilderness of Zin along by the coast of Edom, and your south border shall be the outmost coast of the salt sea eastward:

4 And your border shall turn from the south to the ascent of Akrabbim, and pass on to Zin: and the going forth thereof shall be from the south to Kadesh-barnea, and shall go on to Hazar-addar, and pass on to Azmon:

5 And the border shall fetch a compass from Azmon unto the river of Egypt, and the goings out of it shall be at the sea.

6 And as for the western border, ye shall even have the great sea for a border: this shall be your west border.

7 And this shall be your north border: from the great sea ye shall point out for you mount Hor:

8 From mount Hor ye shall point out your border unto the entrance of Hamath; and the goings forth of the border shall be to Zedad:

9 And the border shall go on to Ziphron, and the goings out of it shall be at Hazar-enan: this shall be your north border.

10 And ye shall point out your east border from Hazar-enan to Shepham:

11 And the coast shall go down from Shepham to Riblah, on the east side of Ain; and the border shall descend, and shall reach unto the side of the sea of Chinnereth eastward:

12 And the border shall go down to Jordan, and the goings out of it shall be at the salt sea: this shall be your land with the coasts thereof round about.

13 And Moses commanded the children of Israel, saying, This is the land which ye shall inherit by lot, which the Lord commanded to give unto the nine tribes, and to the half tribe:

14 For the tribe of the children of Reuben according to the house of their fathers, and the tribe of the children of Gad according to the house of their fathers, have received their inheritance; and half the tribe of Manasseh have received their inheritance:

15 The two tribes and the half tribe have received their inheritance on this side Jordan near Jericho eastward, toward the sunrising.

16 And the Lord spake unto Moses, saying,

17 These are the names of the men which shall divide the land unto you: Eleazar the priest, and Joshua the son of Nun.

18 And ye shall take one prince of every tribe, to divide the land by inheritance.

19 And the names of the men are these: Of the tribe of Judah, Caleb the son of Jephunneh.

20 And of the tribe of the children of Simeon, Shemuel the son of Ammihud.

21 Of the tribe of Benjamin, Elidad the son of Chislon.

22 And the prince of the tribe of the children of Dan, Bukki the son of Jogli.

23 The prince of the children of Joseph, for the tribe of the children of Manasseh, Hanniel the son of Ephod.

24 And the prince of the tribe of the children of Ephraim, Kemuel the son of Shiphtan.

25 And the prince of the tribe of the children of Zebulun, Elizaphan the son of Parnach.

26 And the prince of the tribe of the children of Issachar, Paltiel the son of Azzan.

27 And the prince of the tribe of the children of Asher, Ahihud the son of Shelomi.

28 And the prince of the tribe of the children of Naphtali, Pedahel the son of Ammihud.

29 These are they whom the Lord commanded to divide the inheritance unto the children of Israel in the land of Canaan.

Numbers 36 in Tamil and English

1 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने,
And the chief fathers of the families of the children of Gilead, the son of Machir, the son of Manasseh, of the families of the sons of Joseph, came near, and spake before Moses, and before the princes, the chief fathers of the children of Israel:

2 “परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।
And they said, The Lord commanded my lord to give the land for an inheritance by lot to the children of Israel: and my lord was commanded by the Lord to give the inheritance of Zelophehad our brother unto his daughters.

3 अब यदि ती कन्याहरूको विवाह इस्राएलीहरू मध्येकै अन्य कुलका मानिसहरूसित भए त्यो तिनीहरूले पाएको भाग जमीनको हाम्रो कुलको भागबाट काटिएर ती केटीहरूलाई विवाह गर्नेहरूकै भागमा मिल्ने छ। यसर्थ यस प्रकारले हामीले चिठ्ठामा पाएको भूमिको केहि अंश गुमाउने छैनौ।
And if they be married to any of the sons of the other tribes of the children of Israel, then shall their inheritance be taken from the inheritance of our fathers, and shall be put to the inheritance of the tribe whereunto they are received: so shall it be taken from the lot of our inheritance.

4 इस्राएलीहरूको पुनर्स्थापनाको समयआउँछ र ती केटीहरूको पैतृक सम्पति तिनीहरूले विवाह गरेको पुरूषहरूकोसित कुलमा मिल्नेछ र यसरी हामीले हाम्रो पिता-पूर्खाहरूबाट पाएको हाम्रो देशको भूमि गुमाउने छौं।”
And when the jubile of the children of Israel shall be, then shall their inheritance be put unto the inheritance of the tribe whereunto they are received: so shall their inheritance be taken away from the inheritance of the tribe of our fathers.

5 यसर्थ परमप्रभुको निर्देशन अनुसार मोशाले इस्राएलीहरूलाई यस्तो आदेश दिएः “यूसुफ कुलका मानिसहरूले जे भन्दैछन् त्यो सही हो।
And Moses commanded the children of Israel according to the word of the Lord, saying, The tribe of the sons of Joseph hath said well.

6 सलोफादकी छोरीहरूको सम्बन्धमा परमप्रभुले दिनु भएको आदेशहरू यी हुन, हुन त तिनीहरूले आफूले मन पराएकोसित विवाह गर्न सक्छन्। तर तिनीहरूले आफ्नै पिता-पुर्खाहरूको सन्तान भित्र विवाह गर्नुपर्छ।
This is the thing which the Lord doth command concerning the daughters of Zelophehad, saying, Let them marry to whom they think best; only to the family of the tribe of their father shall they marry.

7 इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ।
So shall not the inheritance of the children of Israel remove from tribe to tribe: for every one of the children of Israel shall keep himself to the inheritance of the tribe of his fathers.

8 इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्।
And every daughter, that possesseth an inheritance in any tribe of the children of Israel, shall be wife unto one of the family of the tribe of her father, that the children of Israel may enjoy every man the inheritance of his fathers.

9 यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”
Neither shall the inheritance remove from one tribe to another tribe; but every one of the tribes of the children of Israel shall keep himself to his own inheritance.

10 सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।
Even as the Lord commanded Moses, so did the daughters of Zelophehad:

11 तिनकी छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै काकाको छोराहरूसित विवाह गरे।
For Mahlah, Tirzah, and Hoglah, and Milcah, and Noah, the daughters of Zelophehad, were married unto their father’s brothers’ sons:

12 तिनीहरूले यूसुफका छोरा मनश्शेका कुलहरूमा नै विवाह गरे र तिनीहरूको पैतृक भूमि तिनीहरूकै पिता-पुर्खाहरूको वंशभित्रै रह्यो।
And they were married into the families of the sons of Manasseh the son of Joseph, and their inheritance remained in the tribe of the family of their father.

13 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्। 
These are the commandments and the judgments, which the Lord commanded by the hand of Moses unto the children of Israel in the plains of Moab by Jordan near Jericho.