Proverbs 19:3
मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।
Proverbs 19:3 in Other Translations
King James Version (KJV)
The foolishness of man perverteth his way: and his heart fretteth against the LORD.
American Standard Version (ASV)
The foolishness of man subverteth his way; And his heart fretteth against Jehovah.
Bible in Basic English (BBE)
By his foolish behaviour a man's ways are turned upside down, and his heart is bitter against the Lord.
Darby English Bible (DBY)
The folly of man distorteth his way, and his heart is irritated against Jehovah.
World English Bible (WEB)
The foolishness of man subverts his way; His heart rages against Yahweh.
Young's Literal Translation (YLT)
The folly of man perverteth his way, And against Jehovah is his heart wroth.
| The foolishness | אִוֶּ֣לֶת | ʾiwwelet | ee-WEH-let |
| of man | אָ֭דָם | ʾādom | AH-dome |
| perverteth | תְּסַלֵּ֣ף | tĕsallēp | teh-sa-LAFE |
| his way: | דַּרְכּ֑וֹ | darkô | dahr-KOH |
| heart his and | וְעַל | wĕʿal | veh-AL |
| fretteth | יְ֝הוָ֗ה | yĕhwâ | YEH-VA |
| against | יִזְעַ֥ף | yizʿap | yeez-AF |
| the Lord. | לִבּֽוֹ׃ | libbô | lee-boh |
Cross Reference
Psalm 37:7
परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं। दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर। जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन् अनि तिनीहरूको खराब युक्तिहरू सफल हुदैनन्।
Revelation 16:9
मानिसहरु प्रचण्ड तातोले डडे। ती मानिसहरुले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरु थिए। तर मानिसहरुले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।
Acts 13:45
जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसंग र्तक विर्तक गरे।
Isaiah 8:21
यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुसरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्।
Proverbs 11:3
ईमानदार मानिसहरूलाई आफ्नो इमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।
Psalm 37:1
दुष्ट मानिसहरूप्रति उदास न होऊ। दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2 Chronicles 16:9
परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
2 Kings 6:33
जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”
2 Kings 3:9
यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन।
1 Kings 20:42
तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गराउनु भयो जसलाई मैंले भनेथे त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्!”‘
1 Samuel 22:13
शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”
1 Samuel 15:23
आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”
1 Samuel 13:13
शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो।
Numbers 17:12
तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं।
Numbers 16:19
कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।
Genesis 4:5
तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो।
Genesis 3:6
तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।