Psalm 104:24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
Psalm 104:24 in Other Translations
King James Version (KJV) O LORD, how manifold are thy works! in wisdom hast thou made them all: the earth is full of thy riches.
American Standard Version (ASV) O Jehovah, how manifold are thy works! In wisdom hast thou made them all: The earth is full of thy riches.
Bible in Basic English (BBE) O Lord, how great is the number of your works! in wisdom you have made them all; the earth is full of the things you have made.
Darby English Bible (DBY) How manifold are thy works, O Jehovah! in wisdom hast thou made them all: the earth is full of thy riches.
World English Bible (WEB) Yahweh, how many are your works! In wisdom have you made them all. The earth is full of your riches.
Young's Literal Translation (YLT) How many have been Thy works, O Jehovah, All of them in wisdom Thou hast made, Full is the earth of thy possessions.
Read Full Chapter :
Psalm 104
Cross Reference
भजनसंग्रह 40:5
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ! तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्। कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्! म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।
यर्मिया 10:12
परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो अनि उहाँले आफ्नो समझ द्वारा आकाशलाई फैलाउनुभयो।
भजनसंग्रह 24:1
पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
भजनसंग्रह 136:5
परमेश्वरको प्रशंसा गरौ जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
हितोपदेश 8:22
परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
रोमी 11:33
हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन।
एफिसी 1:8
परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो।
एफिसी 3:10
उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानून्।
उत्पत्ति 1:31
परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
नहेम्याह 9:6
तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।
अय्यूब 5:9
हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ। चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।
भजनसंग्रह 8:3
हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।
भजनसंग्रह 50:10
मलाई ती पशुहरूको आवश्यकता छैन। मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्। हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
भजनसंग्रह 107:31
उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
हितोपदेश 3:19
परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।
1 तिमोथी 6:17
यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।
भजनसंग्रह 65:11
तपाईंले नयाँ-वर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो। तपाईंले हाते-गाडी धेरै फसलहरूले भर्नुभयो।
उत्पत्ति 1:11
तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।
उत्पत्ति 1:24
परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।