Psalm 125 - YLT (Nepali)

1 A Song of the Ascents. Those trusting in Jehovah `are' as Mount Zion, It is not moved -- to the age it abideth.मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।

2 Jerusalem! mountains `are' round about her, And Jehovah `is' round about His people, From henceforth even unto the age.पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई सर्वकाल रक्षा गर्नुहुनेछ।

3 For the rod of wickedness resteth not On the lot of the righteous, That the righteous put not forth on iniquity their hands.दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन। यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।

4 Do good, O Jehovah, to the good, And to the upright in their hearts.हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।

5 As to those turning `to' their crooked ways, Jehovah causeth them to go with workers of iniquity. Peace on Israel!दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।

Nepali Bible