Psalm 139 - DBY (Nepali)

1 {To the chief Musician. A Psalm of David.} Jehovah, thou hast searched me, and known [me].हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।

2 *Thou* knowest my down-sitting and mine uprising, thou understandest my thought afar off;म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।

3 Thou searchest out my path and my lying down, and art acquainted with all my ways;परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।

4 For there is not yet a word on my tongue, [but] lo, O Jehovah, thou knowest it altogether.हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।

5 Thou hast beset me behind and before, and laid thy hand upon me.हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर। तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।

6 O knowledge too wonderful for me! it is high, I cannot [attain] unto it.तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें, मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।

7 Whither shall I go from thy Spirit? and whither flee from thy presence?म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुँन्छ। हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।

8 If I ascend up into the heavens thou art there; or if I make my bed in Sheol, behold, thou [art there];हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ। यदि म पाताल तर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।

9 [If] I take the wings of the dawn [and] dwell in the uttermost parts of the sea,परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गए भने, तपाईं त्यतै तिर हुनुहुन्छ। यदि म पश्चिम समुद्र तिर गए तपाईं त्यतै तिर हुनुहुन्छ।

10 Even there shall thy hand lead me, and thy right hand shall hold me.त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।

11 And if I say, Surely darkness shall cover me, and the light about me be night;हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु, “दिन रातमा परिर्वतन भएको छ। निश्चय रातले मलाई लुकाउनेछ।”

12 Even darkness hideth not from thee, and the night shineth as the day: the darkness is as the light.तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन्। परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ।

13 For thou hast possessed my reins; thou didst cover me in my mother's womb.हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।

14 I will praise thee, for I am fearfully, wonderfully made. Marvellous are thy works; and [that] my soul knoweth right well.हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म खुब जान्दछु कि जे तपाईंले गर्नुभयो, आश्चयपूर्ण छ।

15 My bones were not hidden from thee when I was made in secret, curiously wrought in the lower parts of the earth.तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ। जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।

16 Thine eyes did see my unformed substance, and in thy book all [my members] were written; [during many] days were they fashioned, when [as yet] there was none of them.तपाईंले मेरो अंग-प्रत्यंग बढदै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो। तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो। कुनै दिन पनि त्यसै खाली गएन।

17 But how precious are thy thoughts unto me, O ùGod! how great is the sum of them!तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्। हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ!

18 [If] I would count them, they are more in number than the sand. When I awake, I am still with thee.यदि मैले ती सबै गन्न सक्दो हुँ ता तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।

19 Oh that thou wouldest slay the wicked, O +God! And ye men of blood, depart from me.हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्। त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्।

20 For they speak of thee wickedly, they take [thy name] in vain, thine enemies.ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे।

21 Do not I hate them, O Jehovah, that hate thee? and do not I loathe them that rise up against thee?हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु ज-जसले तपाईंलाई घृणा गर्दछन्। म ती मानिसहरूलाई घृणा गर्दछु जो तपाईंको विरूद्धमा उठ्दछन्।

22 I hate them with perfect hatred; I account them mine enemies.म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु! तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्।

23 Search me, O ùGod, and know my heart; prove me, and know my thoughts;हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ। मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।

24 And see if there be any grievous way in me; and lead me in the way everlasting.मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्, अनि त्यस्तो बाटोमा डोराई लैजानु होस् जुन अनन्त रहनेछ।

Nepali Bible