Psalm 26 - BBE (Nepali)

1 <Of David.> O Lord, be my judge, for my behaviour has been upright: I have put my faith in the Lord, I am not in danger of slipping.हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।

2 Put me in the scales, O Lord, so that I may be tested; let the fire make clean my thoughts and my heart.हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।

3 For your mercy is before my eyes; and I have gone in the way of your good faith.मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।

4 I have not taken my seat with foolish persons, and I do not go with false men.म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु।

5 I have been a hater of the band of wrongdoers, and I will not be seated among sinners.म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैन।

6 I will make my hands clean from sin; so will I go round your altar, O Lord;हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ।

7 That I may give out the voice of praise, and make public all the wonders which you have done.हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।

8 Lord, your house has been dear to me, and the resting-place of your glory.हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

9 Let not my soul be numbered among sinners, or my life among men of blood;हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।

10 In whose hands are evil designs, and whose right hands take money for judging falsely.ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।

11 But as for me, I will go on in my upright ways: be my saviour, and have mercy on me.तर म निर्दोष छु। यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।

12 I have a safe resting-place for my feet; I will give praise to the Lord in the meetings of the people.म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।

Nepali Bible