Psalm 26 - KJV (Nepali)

1 Judge me, O LORD; for I have walked in mine integrity: I have trusted also in the LORD; therefore I shall not slide.हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।

2 Examine me, O LORD, and prove me; try my reins and my heart.हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।

3 For thy lovingkindness is before mine eyes: and I have walked in thy truth.मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।

4 I have not sat with vain persons, neither will I go in with dissemblers.म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु।

5 I have hated the congregation of evil doers; and will not sit with the wicked.म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैन।

6 I will wash mine hands in innocency: so will I compass thine altar, O LORD:हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ।

7 That I may publish with the voice of thanksgiving, and tell of all thy wondrous works.हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।

8 LORD, I have loved the habitation of thy house, and the place where thine honour dwelleth.हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

9 Gather not my soul with sinners, nor my life with bloody men:हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।

10 In whose hands is mischief, and their right hand is full of bribes.ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।

11 But as for me, I will walk in mine integrity: redeem me, and be merciful unto me.तर म निर्दोष छु। यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।

12 My foot standeth in an even place: in the congregations will I bless the LORD.म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।

Nepali Bible