Psalm 88 - BBE (Nepali)

1 <A Song. A Psalm. Of the sons of Korah. To the chief music-maker; put to Mahalath Leannoth. Maschil. Of Heman the Ezrahite.> O Lord, God of my salvation, I have been crying to you for help by day and by night:हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।

2 Let my prayer come before you; give ear to my cry:मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्। कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।

3 For my soul is full of evils, and my life has come near to the underworld.मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो! म चाँडै मर्ने छु।

4 I am numbered among those who go down into the earth; I have become like a man for whom there is no help:मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको एकदम कमजोर, हीन मानिस जस्तो व्यवहार गर्दछन।

5 My soul is among the dead, like those in the underworld, to whom you give no more thought; for they are cut off from your care.मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्। म चिहानमा लडिरहेको मुर्दा जस्तो छु। तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ। तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो। सेला

6 You have put me in the lowest deep, even in dark places.तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो। हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।

7 The weight of your wrath is crushing me, all your waves have overcome me. (Selah.)परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो, अनि मलाई सजाय दिनुभयो।

8 You have sent my friends far away from me; you have made me a disgusting thing in their eyes: I am shut up, and not able to come out.मेरो साथीहरूले मलाई छाडी गए। सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे। म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिनथिएँ।

9 My eyes are wasting away because of my trouble: Lord, my cry has gone up to you every day, my hands are stretched out to you.मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो। हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।

10 Will you do works of wonder for the dead? will the shades come back to give you praise? (Selah.)हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ? के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।

11 Will the story of your mercy be given in the house of the dead? will news of your faith come to the place of destruction?चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्। मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।

12 May there be knowledge of your wonders in the dark? or of your righteousness where memory is dead?मृत मानिसहरू अंन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्। मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।

13 But to you did I send up my cry, O Lord; in the morning my prayer came before you.हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु। प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।

14 Lord, why have you sent away my soul? why is your face covered from me?हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो? किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?

15 I have been troubled and in fear of death from the time when I was young; your wrath is hard on me, and I have no strength.युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ। मैले तपाईंको क्रोध सहें, म असहाय छु।

16 The heat of your wrath has gone over me; I am broken by your cruel punishments.हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ, अनि सजायले मलाई मार्दै छ।

17 They are round me all the day like water; they have made a circle about me.दुःखाई र पीडाहरू सधैं मसँग छन् म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।

18 You have sent my friends and lovers far from me; I am gone from the memory of those who are dear to me.हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्नु मलाई वाध्य गराउनु भयो। खाली अन्धकार मात्र मसँग रहेको छ।

Nepali Bible