Psalm 88 - WEB (Nepali)
1 > Yahweh, the God of my salvation, I have cried day and night before you.हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
2 Let my prayer enter into your presence. Turn your ear to my cry.मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्। कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
3 For my soul is full of troubles. My life draws near to Sheol.मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो! म चाँडै मर्ने छु।
4 I am counted among those who go down into the pit. I am like a man who has no help,मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको एकदम कमजोर, हीन मानिस जस्तो व्यवहार गर्दछन।
5 Set apart among the dead, Like the slain who lie in the grave, Whom you remember no more. They are cut off from your hand.मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्। म चिहानमा लडिरहेको मुर्दा जस्तो छु। तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ। तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो। सेला
6 You have laid me in the lowest pit, In the darkest depths.तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो। हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
7 Your wrath lies heavily on me. You have afflicted me with all your waves. Selah.परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो, अनि मलाई सजाय दिनुभयो।
8 You have taken my friends from me. You have made me an abomination to them. I am confined, and I can't escape.मेरो साथीहरूले मलाई छाडी गए। सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे। म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिनथिएँ।
9 My eyes are dim from grief. I have called on you daily, Yahweh. I have spread out my hands to you.मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो। हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
10 Do you show wonders to the dead? Do the dead rise up and praise you? Selah.हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ? के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
11 Is your loving kindness declared in the grave? Or your faithfulness in Destruction?चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्। मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
12 Are your wonders made known in the dark? Or your righteousness in the land of forgetfulness?मृत मानिसहरू अंन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्। मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।
13 But to you, Yahweh, I have cried. In the morning, my prayer comes before you.हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु। प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
14 Yahweh, why do you reject my soul? Why do you hide your face from me?हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो? किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
15 I am afflicted and ready to die from my youth up. While I suffer your terrors, I am distracted.युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ। मैले तपाईंको क्रोध सहें, म असहाय छु।
16 Your fierce wrath has gone over me. Your terrors have cut me off.हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ, अनि सजायले मलाई मार्दै छ।
17 They came around me like water all day long. They completely engulfed me.दुःखाई र पीडाहरू सधैं मसँग छन् म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
18 You have put lover and friend far from me, And my friends into darkness.हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्नु मलाई वाध्य गराउनु भयो। खाली अन्धकार मात्र मसँग रहेको छ।
Nepali Bible