Psalm 99:9 हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर। हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ। उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।
Psalm 99:9 in Other Translations
King James Version (KJV) Exalt the LORD our God, and worship at his holy hill; for the LORD our God is holy.
American Standard Version (ASV) Exalt ye Jehovah our God, And worship at his holy hill; For Jehovah our God is holy. Psalm 100 A Psalm of thanksgiving.
Bible in Basic English (BBE) Give high honour to the Lord our God, worshipping with your faces turned to his holy hill; for the Lord our God is holy.
Darby English Bible (DBY) Exalt Jehovah our God, and worship at the hill of his holiness; for holy is Jehovah our God.
World English Bible (WEB) Exalt Yahweh, our God. Worship at his holy hill, For Yahweh, our God, is holy!
Young's Literal Translation (YLT) Exalt ye Jehovah our God, And bow yourselves at His holy hill, For holy `is' Jehovah our God!
Read Full Chapter :
Psalm 99
Cross Reference
प्रकाश 4:8
यी प्रत्येक चार सजीव बस्तुहरुका छ वटा पखेटाहरु थिए। यी सजीव बस्तुहरुका शरीर भरि, भित्र अनि बाहिर आँखाहरुले भरिएका थिए। तिनीहरु यसो भनिरहन दिन रात रोकिएनन्“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व शक्तिवान छन्। उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”
1 शमूएल 2:2
परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
भजनसंग्रह 2:6
अनि यसो गर्दा, ती अन्य अगुवाहरू डराउँछन्।
भजनसंग्रह 48:1
परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।
भजनसंग्रह 87:1
परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
भजनसंग्रह 99:3
सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्। परमेश्वरको नाउँ विस्मयकारक छ। परमेश्वर पवित्र हुनुहुन्छ।
भजनसंग्रह 99:5
परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर अनि उहाँको पवित्र पाउदानमादण्डवत गर।
हबकूक 1:12
हबकूकले फेरि भने, “हे परमप्रभु, तपाईं अमृत हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरुलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरु राष्ट्रहरुलाई सजाय दिन तिनीहरुलाई नियुक्त गर्नुभयो।
लूका 1:49
किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँकोे नाउँ पवित्र होस्।
यशैया 5:16
सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्।
यशैया 6:3
प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो।
यशैया 57:15
परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”
1 पत्रुस 1:15
तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरुले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरुलाई बोलाउनुभयो।
प्रकाश 3:7
“फिलाडेल्फियाको मण्डलीलाइ यो लेख“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरुलाई यी कुराहरु भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।