Revelation 11:7
जब ती दुई साक्षीहरुले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरुको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरु सबैलाई जित्नेछ अनि तिनीहरुलाई मार्नेछ।
And | καὶ | kai | kay |
when | ὅταν | hotan | OH-tahn |
they shall have finished | τελέσωσιν | telesōsin | tay-LAY-soh-seen |
their | τὴν | tēn | tane |
testimony, | μαρτυρίαν | martyrian | mahr-tyoo-REE-an |
the | αὐτῶν | autōn | af-TONE |
beast that | τὸ | to | toh |
θηρίον | thērion | thay-REE-one | |
ascendeth | τὸ | to | toh |
out of | ἀναβαῖνον | anabainon | ah-na-VAY-none |
bottomless the | ἐκ | ek | ake |
pit | τῆς | tēs | tase |
shall make | ἀβύσσου | abyssou | ah-VYOOS-soo |
war | ποιήσει | poiēsei | poo-A-see |
against | πόλεμον | polemon | POH-lay-mone |
them, | μετ' | met | mate |
and | αὐτῶν | autōn | af-TONE |
shall overcome | καὶ | kai | kay |
them, | νικήσει | nikēsei | nee-KAY-see |
and | αὐτοὺς | autous | af-TOOS |
kill | καὶ | kai | kay |
them. | ἀποκτενεῖ | apoktenei | ah-poke-tay-NEE |
αὐτούς | autous | af-TOOS |
Cross Reference
Revelation 13:7
त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरुको विरुद्ध युद्ध गर्ने अनि उनीहरुलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो।
Daniel 8:23
“ती राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठूर र युद्धकलामा निपुण राजा देखा पर्नेछ।
Daniel 7:25
त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बद्लने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन वर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।
Revelation 13:11
त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडाको पाठाको जस्तो दुईवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो।
John 17:4
जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ।
Luke 13:32
येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’
Zechariah 14:2
म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला हार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथाघरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्।
Daniel 7:21
मैले हेर्दा हेदै त्यो सींङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो।
Revelation 19:19
त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरु देखें। तिनीहरुका सेनाहरु घोड-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।
Revelation 17:6
मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरु अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरुको रगत पिएर मातेकी थिई। जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ।
Revelation 13:16
त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरुलाई तिनीहरुको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो।
Revelation 13:1
त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।
Revelation 11:3
अनि म मेरा दुइ साक्षीहरुलाई अधिकार दिनेछु। अनि तिनीहरुले एकहजार दुईसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरुले पशुको भुत्लाको वस्त्र पहिरेका हुनेछन्।”
Revelation 9:1
पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ।
2 Thessalonians 2:8
त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।
2 Timothy 4:7
मैले लडाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु।
Acts 20:24
म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।
John 19:30
उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।