Matthew 5:3
“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
Matthew 11:5
अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिडन सक्ने हुन्छन्; कुष्ट रोगीहरू शुद्ध हुन्छ; बैह्राहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।
Matthew 19:21
येशूले भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, आफूमा भएको जे जति चीजहरू छन् त्यो बीक्री गर। त्यसबाट आएको पैसा-रूपीयाँ गरीबाहरूलाई बाँढ। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग।”
Matthew 26:9
यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।”
Matthew 26:11
ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सँधै तिमीहरूको साथ रहिरहने छैन।
Mark 10:21
येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।”
Mark 12:42
तब एउटी गरीब विधवा आई अनि दुईवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।
Mark 12:43
येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई । तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई।
Mark 14:5
त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे।
Mark 14:7
गरीब मानिसहरू सँधैं तिमीहरूसंग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मदत गर्नसक्छौ। तर म सधैं तिमीहरूसंग हुने छैन।
Occurences : 34
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்