No lexicon data found for Strong's number: 86

Matthew 11:23
तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अहँ तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो।

Matthew 16:18
यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।

Luke 10:15
ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौ? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।

Luke 16:23
त्यसलाई नरकलोकमा पठाइयो अनि खुबैै कष्ठमा परयो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो।

Acts 2:27
किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोडनुहुनेछैन। तिमीहरूले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुनुदिनेछैनौ।

Acts 2:31
यस्तो घटना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’

1 Corinthians 15:55
“हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”

Revelation 1:18
म नै एक हुँ जो बाँचेको छु। नडराउ। म नै आदि अनि अन्त हुँ। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसंग मृत्यु र पातालको साँचोहरु छन्।

Revelation 6:8
मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरुलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरुद्वारा मानिसहरुलाई मार्ने अधिकार दिइएको थियो।

Revelation 20:13
समुद्रले ती मृत मानिसहरुलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरुसंग भएका मृत मानिसहरु दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो।

Occurences : 11

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்