Base Word
חִידָה
Short Definitiona puzzle, hence, a trick, conundrum, sententious maxim
Long Definitionriddle, difficult question, parable, enigmatic saying or question, perplexing saying or question
Derivationfrom H2330
International Phonetic Alphabetħɪi̯ˈd̪ɔː
IPA modχiːˈdɑː
Syllableḥîdâ
Dictionhee-DAW
Diction Modhee-DA
Usagedark saying (sentence, speech), hard question, proverb, riddle
Part of speechn-f

Numbers 12:8
जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जे सुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”

Judges 14:12
तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु।

Judges 14:13
तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”

Judges 14:14
शिमशोनले तिनीहरूलाई अड्को सुनाएः“खानेबाट केही खानेकुरा निस्क्यो। बलवानबाट केही गुलियो कुरा निस्कयो।”ती तीस जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।

Judges 14:15
चौथो दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कङ्गल तुल्याउनका निम्ति यहाँ निमन्त्रणा गरेकी? तिमीले हाम्रो निम्ति तिम्रो पतिलाई छलेर त्यो अड्को उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याईनौ भने हामी तिमीलाई अनि तिम्रा पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”

Judges 14:16
यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौ। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”

Judges 14:17
शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।

Judges 14:18
यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,“महभन्दा गुलियो के हुन्छ? सिंहभन्दा बलियो के हुन्छ?”तब शिमशोनले तिनीहरूलाई भने,“यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”

Judges 14:19
शिमशोन अत्यन्त क्वोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अडूको को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए।

1 Kings 10:1
शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।

Occurences : 17

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்