Base Word
חׇכְמָה
Short Definitionwisdom (in a good sense)
Long Definitionwisdom
Derivationfrom H2449
International Phonetic Alphabetħokˈmɔː
IPA modχoχˈmɑː
Syllableḥokmâ
Dictionhoke-MAW
Diction Modhoke-MA
Usageskilful, wisdom, wisely, wit
Part of speechn-f

Exodus 28:3
इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुर्ण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हारूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ।

Exodus 31:3
मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु।

Exodus 31:6
दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सकून् भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।

Exodus 35:26
ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए।

Exodus 35:31
परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ।

Exodus 35:35
परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने) अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।

Exodus 36:1
“यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”

Exodus 36:2
त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे।

Deuteronomy 4:6
यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’

Deuteronomy 34:9
मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।

Occurences : 149

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்