Base Word
מָעוֹן
Short Definitionan abode, of God (the Tabernacle or the Temple), men (their home) or animals (their lair); hence, a retreat (asylum)
Long Definitiondwelling, habitation, refuge
Derivationor מָעִין; (1 Chronicles 4:41), from the same as H5772
International Phonetic Alphabetmɔːˈʕon̪
IPA modmɑːˈʕo̞wn
Syllablemāʿôn
Dictionmaw-ONE
Diction Modma-ONE
Usageden, dwelling(-place), habitation
Part of speechn-m

Deuteronomy 26:15
तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नु होस् अनि इस्राएलका मानिसहरूलाई र हामीलाई अशीर्वाद दिनुहोस्। तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेर हामीलाई दिनु भएको दूध र महले भरिएको भूमिलाई पनि आशीर्वाद दिनु होस्।’

1 Samuel 2:29
तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’

1 Samuel 2:32
इस्राएलको निम्ति असल दिन आउने छ, तर तैले घरमा खराब दिन देख्नेछस्। तेरो परिवारमा कोही पनि बुढो हुञ्जेल बाँच्ने छैन।

1 Chronicles 4:41
यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।

2 Chronicles 30:27
पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।

2 Chronicles 36:15
परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखित हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो।

Psalm 26:8
हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

Psalm 68:5
उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।

Psalm 71:3
मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु। तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।

Psalm 90:1
हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।

Occurences : 19

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்