1 Peter 4:10 तिमीहरु प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरुलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरु जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।
1 Peter 4:10 in Other Translations
King James Version (KJV) As every man hath received the gift, even so minister the same one to another, as good stewards of the manifold grace of God.
American Standard Version (ASV) according as each hath received a gift, ministering it among yourselves, as good stewards of the manifold grace of God;
Bible in Basic English (BBE) Making distribution among one another of whatever has been given to you, like true servants of the unmeasured grace of God;
Darby English Bible (DBY) each according as he has received a gift, ministering it to one another, as good stewards of [the] various grace of God.
World English Bible (WEB) According as each has received a gift, be ministering it among yourselves, as good stewards of the grace of God in its various forms.
Young's Literal Translation (YLT) each, according as he received a gift, to one another ministering it, as good stewards of the manifold grace of God;
every man
ἕκαστος
hekastos
AKE-ah-stose
As
καθὼς
kathōs
ka-THOSE
hath received
ἔλαβεν
lambanō
lahm-VA-noh
the gift,
χάρισμα
charisma
HA-ree-sma
to
εἰς
eis
ees
one another,
ἑαυτοὺς
heautou
ay-af-TOO
the same
αὐτὸ
autos
af-TOSE
minister
διακονοῦντες
diakoneō
thee-ah-koh-NAY-oh
as
ὡς
hōs
ose
good
καλοὶ
kalos
ka-LOSE
stewards
οἰκονόμοι
oikonomos
oo-koh-NOH-mose
of the manifold
ποικίλης
poikilos
poo-KEE-lose
grace
χάριτος
charis
HA-rees
of God.
θεοῦ
theos
thay-OSE
Read Full Chapter :
1 Peter 4
Cross Reference
1 कोरिन्थी 4:1
हामीबारे मानिसहरूले के संझनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छ।
1 कोरिन्थी 12:4
आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ।
लूका 19:13
यसकारण तिनले प्रत्येकलाई एक एक थैलो पैसा दिए। तिनले भने, म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।
रोमी 12:6
हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ।
मर्कूस 10:45
त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो । मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”
तीतस 1:7
धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झङ्गे हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगडालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन।
1 कोरिन्थी 4:7
तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?
लूका 12:42
प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।
रोमी 15:25
अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु।
रोमी 15:27
म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउन पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन उपयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्।
1 कोरिन्थी 3:10
परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू बढाइले झैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जंगमाथि घर बनाउँदैनन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ।
1 कोरिन्थी 15:10
तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।
2 कोरिन्थी 6:1
परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ।
मत्ती 20:28
मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
एफिसी 3:8
परमेश्वरका मानिसहरू मध्ये म सबभन्दा तुच्छ हुँ। तर उहाँले मलाई ख्रीष्टको अनन्त धनरूपी सुसमाचार बारे गैर-यहूदीहरू माझ प्रचार गर्ने यो उपहार दिनुभयो। त्यस धनको महिमा बुझिनसक्नुको छ।
एफिसी 4:11
अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरु, कसैलाई अगमवक्ताहरु,कसैलाई प्रचारकहरु, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।
2 तिमोथी 1:18
म प्रार्थना गर्छु त्यस दिनप्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।
हिब्रू 6:10
परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।
2 कोरिन्थी 9:1
परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन।
मत्ती 24:14
संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।
मत्ती 24:21
किन? किनभने त्यसबेला अत्यन्त दुख हुनेछ।सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दुख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दुख आइपर्ने छैन।
मत्ती 24:45
“बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
मत्ती 25:14
“स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोेलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्।
मत्ती 25:44
“त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एक्लो घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौ? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?।
लूका 8:3
अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिंया पैसा दिएर मद्दत पुर्याए।
लूका 16:1
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो।