Genesis 22 - ASV (Nepali)

1 And it came to pass after these things, that God did prove Abraham, and said unto him, Abraham. And he said, Here am I.ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”अनि अब्राहामले भने, “हजुर!”

2 And he said, Take now thy son, thine only son, whom thou lovest, even Isaac, and get thee into the land of Moriah. And offer him there for a burnt-offering upon one of the mountains which I will tell thee of.तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”

3 And Abraham rose early in the morning, and saddled his ass, and took two of his young men with him, and Isaac his son. And he clave the wood for the burnt-offering, and rose up, and went unto the place of which God had told him.बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसंग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए।

4 On the third day Abraham lifted up his eyes, and saw the place afar off.तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे।

5 And Abraham said unto his young men, Abide ye here with the ass, and I and the lad will go yonder; and we will worship, and come again to you.त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौ। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”

6 And Abraham took the wood of the burnt-offering, and laid it upon Isaac his son. And he took in his hand the fire and the knife. And they went both of them together.अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।

7 And Isaac spake unto Abraham his father, and said, My father. And he said, Here am I, my son. And he said, Behold, the fire and the wood. But where is the lamb for a burnt-offering?इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्‌यो, “बुबा!”अब्राहामले उत्तर दिए, “भन, छोरा।”इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाँहि कहाँ छ?”

8 And Abraham said, God will provide himself the lamb for a burnt-offering, my son. So they went both of them together.अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे।

9 And they came to the place which God had told him of. And Abraham built the altar there, and laid the wood in order, and bound Isaac his son, and laid him on the altar, upon the wood.तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे।

10 And Abraham stretched forth his hand, and took the knife to slay his son.तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए।

11 And the angel of Jehovah called unto him out of heaven, and said, Abraham, Abraham. And he said, Here I am.तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम!, अब्राहाम!!”अब्राहामले उत्तर दिए, “हजूर।”

12 And he said, Lay not thy hand upon the lad, neither do thou anything unto him. For now I know that thou fearest God, seeing thou hast not withheld thy son, thine only son, from me.स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

13 And Abraham lifted up his eyes, and looked, and behold, behind `him' a ram caught in the thicket by his horns. And Abraham went and took the ram, and offered him up for a burnt-offering in the stead of his son.तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेडाको पाठाको सींङ पोथ्रामा अडकिएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए।

14 And Abraham called the name of that place Jehovah-jireh. As it is said to this day, In the mount of Jehovah it shall be provided.यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देखिन सकिन्छ।”

15 And the angel of Jehovah called unto Abraham a second time out of heaven,परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए।

16 and said, By myself have I sworn, saith Jehovah, because thou hast done this thing, and hast not withheld thy son, thine only son,ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु।

17 that in blessing I will bless thee, and in multiplying I will multiply thy seed as the stars of the heavens, and as the sand which is upon the seashore. And thy seed shall possess the gate of his enemies.म तिमीलाई साँचो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्।

18 And in thy seed shall all the nations of the earth be blessed. Because thou hast obeyed my voice.अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”

19 So Abraham returned unto his young men, and they rose up and went together to Beer-sheba. And Abraham dwelt at Beer-sheba.त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।

20 And it came to pass after these things, that it was told Abraham, saying, Behold, Milcah, she also hath borne children unto they brother Nahor.तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए।

21 Uz his first-born, and Buz his brother, and Kemuel the father of Aram.तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्।

22 And Chesed, and Hazo, and Pildash, and Jidlaph, and Bethuel.तब त्यहाँ केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए।”

23 And Bethuel begat Rebekah. These eight did Milcah bear to Nahor, Abraham's brother.बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए।

24 And his concubine, whose name was Reumah, she also bare Tebah, and Gaham, and Tahash, and Maacah.नाहोरको उसकी नोकर्नी रूमबाट पनि अन्य चार छोराहरू थिए, ती छोराहरू तेबह, गहम, तहस र माका थिए।

Nepali Bible