Job 18

1 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः

2 “अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ।

3 किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?

4 अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?

5 हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।

6 उसको घरको प्रकाश अन्धयारो हुनेछ। उसको छेउको बत्ती पनि निभ्ने छ।

7 उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्। उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।

8 उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ।

9 पासोले उसको एढी पक्रने छ। पासोले उसलाई कस्सेर समात्ने छ।

10 भूँईमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ। पासोले उसको बाटो पर्खनेछ।

11 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।

12 भोकले उसको शक्ति दुर्बल पार्छ। जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।

13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ। त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।

14 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ। उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।

15 उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।

16 उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।

17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।

18 मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।

19 उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।

20 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।

21 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ। त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”

1 Then answered Bildad the Shuhite, and said,

2 How long will it be ere ye make an end of words? mark, and afterwards we will speak.

3 Wherefore are we counted as beasts, and reputed vile in your sight?

4 He teareth himself in his anger: shall the earth be forsaken for thee? and shall the rock be removed out of his place?

5 Yea, the light of the wicked shall be put out, and the spark of his fire shall not shine.

6 The light shall be dark in his tabernacle, and his candle shall be put out with him.

7 The steps of his strength shall be straitened, and his own counsel shall cast him down.

8 For he is cast into a net by his own feet, and he walketh upon a snare.

9 The gin shall take him by the heel, and the robber shall prevail against him.

10 The snare is laid for him in the ground, and a trap for him in the way.

11 Terrors shall make him afraid on every side, and shall drive him to his feet.

12 His strength shall be hungerbitten, and destruction shall be ready at his side.

13 It shall devour the strength of his skin: even the firstborn of death shall devour his strength.

14 His confidence shall be rooted out of his tabernacle, and it shall bring him to the king of terrors.

15 It shall dwell in his tabernacle, because it is none of his: brimstone shall be scattered upon his habitation.

16 His roots shall be dried up beneath, and above shall his branch be cut off.

17 His remembrance shall perish from the earth, and he shall have no name in the street.

18 He shall be driven from light into darkness, and chased out of the world.

19 He shall neither have son nor nephew among his people, nor any remaining in his dwellings.

20 They that come after him shall be astonied at his day, as they that went before were affrighted.

21 Surely such are the dwellings of the wicked, and this is the place of him that knoweth not God.

Job 18 in Tamil and English

1 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः
Then answered Bildad the Shuhite, and said,

2 “अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ।
How long will it be ere ye make an end of words? mark, and afterwards we will speak.

3 किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?
Wherefore are we counted as beasts, and reputed vile in your sight?

4 अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?
He teareth himself in his anger: shall the earth be forsaken for thee? and shall the rock be removed out of his place?

5 हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।
Yea, the light of the wicked shall be put out, and the spark of his fire shall not shine.

6 उसको घरको प्रकाश अन्धयारो हुनेछ। उसको छेउको बत्ती पनि निभ्ने छ।
The light shall be dark in his tabernacle, and his candle shall be put out with him.

7 उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्। उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।
The steps of his strength shall be straitened, and his own counsel shall cast him down.

8 उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ।
For he is cast into a net by his own feet, and he walketh upon a snare.

9 पासोले उसको एढी पक्रने छ। पासोले उसलाई कस्सेर समात्ने छ।
The gin shall take him by the heel, and the robber shall prevail against him.

10 भूँईमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ। पासोले उसको बाटो पर्खनेछ।
The snare is laid for him in the ground, and a trap for him in the way.

11 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।
Terrors shall make him afraid on every side, and shall drive him to his feet.

12 भोकले उसको शक्ति दुर्बल पार्छ। जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।
His strength shall be hungerbitten, and destruction shall be ready at his side.

13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ। त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।
It shall devour the strength of his skin: even the firstborn of death shall devour his strength.

14 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ। उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।
His confidence shall be rooted out of his tabernacle, and it shall bring him to the king of terrors.

15 उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।
It shall dwell in his tabernacle, because it is none of his: brimstone shall be scattered upon his habitation.

16 उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।
His roots shall be dried up beneath, and above shall his branch be cut off.

17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।
His remembrance shall perish from the earth, and he shall have no name in the street.

18 मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।
He shall be driven from light into darkness, and chased out of the world.

19 उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।
He shall neither have son nor nephew among his people, nor any remaining in his dwellings.

20 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।
They that come after him shall be astonied at his day, as they that went before were affrighted.

21 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ। त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”
Surely such are the dwellings of the wicked, and this is the place of him that knoweth not God.