Leviticus 27:1-8 in Nepali

Leviticus 27:1
परमप्रभुले मोशालाई भन्नुभयो,

Leviticus 27:2
“इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ।

Leviticus 27:3
बीस वर्ष देखि साठ्ठी वर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।

Leviticus 27:4
एउटै उमेर भएकी स्त्रीहरूको मोल तीस शेकल हो। (तिमीहरू चाँदीको निम्ति अधिकारी नाप प्रयोग गर्नुपर्छ।)

Leviticus 27:5
पाँच वर्षदेखि बीस वर्ष पुगेको मानिसको दाम बीस शेकेल चाँदी र यही उमेरकी स्त्रीको दाम दश शेकेल चाँदी।

Leviticus 27:6
एक महीनाबाट पाँच वर्षसम्म पुगेको केटोको दाम पाँच शेकेल चाँदी अनि केटीको दाम तीन शेकेल।

Leviticus 27:7
साठी वर्ष अथवा बढीको पुरूषको दाम पन्ध्र शेकेल र स्त्रीको दाम दश शेकेल चाँदी हुन्छ। (चाँदीको परिणाम सरकारी परिणाम अनुसार हुनुपर्छ)

Leviticus 27:8
“यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू।परमप्रभुलाई उपहार

Nepali Bible