Luke 13:27 अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।
Luke 13:27 in Other Translations
King James Version (KJV) But he shall say, I tell you, I know you not whence ye are; depart from me, all ye workers of iniquity.
American Standard Version (ASV) and he shall say, I tell you, I know not whence ye are; depart from me, all ye workers of iniquity.
Bible in Basic English (BBE) But he will say, Truly, I have no knowledge of you or where you come from; go away from me, you workers of evil.
Darby English Bible (DBY) and he shall say, I tell you, I do not know you whence ye are; depart from me, all [ye] workers of iniquity.
World English Bible (WEB) He will say, 'I tell you, I don't know where you come from. Depart from me, all you workers of iniquity.'
Young's Literal Translation (YLT) and he shall say, I say to you, I have not known you whence ye are; depart from me, all ye workers of the unrighteousness.
But
καὶ
kai
kay
he shall say,
ἐρεῖ
ereō
ay-RAY-oh
I tell
λέγω
legō
LAY-goh
you,
ὑμῖν
hymin
yoo-MEEN
not
Οὐκ
ou
oo
I know
οἶδα
eidō
EE-thoh
you
ὑμᾶς
hymas
yoo-MAHS
whence
πόθεν
pothen
POH-thane
ye are;
ἐστέ·
este
ay-STAY
depart
ἀπόστητε
aphistēmi
ah-FEE-stay-mee
from
ἀπ'
apo
ah-POH
me,
ἐμοῦ
emou
ay-MOO
all
πάντες
pas
pahs
οἱ
ho
oh
workers
ἐργάται
ergatēs
are-GA-tase
τῆς
ho
oh
of iniquity.
ἀδικίας
adikia
ah-thee-KEE-ah
Read Full Chapter :
Luke 13
Cross Reference
मत्ती 25:41
“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।
भजनसंग्रह 6:8
दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
लूका 13:25
यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?”
भजनसंग्रह 101:8
यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु। परमेश्वरको शहर जानलाई म ती सब दुष्टहरूलाई वाध्य पार्नेछु।
भजनसंग्रह 119:115
हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस् अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
भजनसंग्रह 125:5
दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।
होशे 9:12
तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फसाउँनेछु।
भजनसंग्रह 1:6
किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
मत्ती 25:12
“दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’
1 कोरिन्थी 8:3
तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।
गलाती 4:9
अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन र्फकन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?
2 तिमोथी 2:19
तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”
मत्ती 7:22
अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’
भजनसंग्रह 5:6
जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
भजनसंग्रह 28:3
हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।