Mark 9:50
नुन राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिंदैन। यसैले असल बन, अनि एका अर्कामा शान्ति कायम राख।”
Mark 9:50 in Other Translations
King James Version (KJV)
Salt is good: but if the salt have lost his saltness, wherewith will ye season it? Have salt in yourselves, and have peace one with another.
American Standard Version (ASV)
Salt is good: but if the salt have lost its saltness, wherewith will ye season it? Have salt in yourselves, and be at peace one with another.
Bible in Basic English (BBE)
Salt is good; but if the taste goes from it, how will you make it salt again? Have salt in yourselves, and be at peace one with another.
Darby English Bible (DBY)
Salt [is] good, but if the salt is become saltless, wherewith will ye season it? Have salt in yourselves, and be at peace with one another.
World English Bible (WEB)
Salt is good, but if the salt has lost its saltiness, with what will you season it? Have salt in yourselves, and be at peace with one another."
Young's Literal Translation (YLT)
The salt `is' good, but if the salt may become saltless, in what will ye season `it'? Have in yourselves salt, and have peace in one another.'
| Καλὸν | kalon | ka-LONE | |
| Salt | τὸ | to | toh |
| is good: | ἅλας· | halas | A-lahs |
| but | ἐὰν | ean | ay-AN |
| if | δὲ | de | thay |
| the | τὸ | to | toh |
| salt | ἅλας | halas | A-lahs |
| have | ἄναλον | analon | AH-na-lone |
| lost his saltness, | γένηται | genētai | GAY-nay-tay |
| wherewith | ἐν | en | ane |
| τίνι | tini | TEE-nee | |
| season ye will | αὐτὸ | auto | af-TOH |
| it? | ἀρτύσετε | artysete | ar-TYOO-say-tay |
| Have | ἔχετε | echete | A-hay-tay |
| salt | ἐν | en | ane |
| in | ἑαυτοῖς | heautois | ay-af-TOOS |
| yourselves, | ἅλας· | halas | A-lahs |
| and | καὶ | kai | kay |
| have peace | εἰρηνεύετε | eirēneuete | ee-ray-NAVE-ay-tay |
| one with | ἐν | en | ane |
| another. | ἀλλήλοις | allēlois | al-LAY-loos |
Cross Reference
Colossians 4:6
जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानीसित व्यवहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।
Romans 12:18
सबैसँग शान्तिसित बस्ने चेष्टा गर।
2 Corinthians 13:11
दाज्यु-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
Matthew 5:13
“तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
Hebrews 12:14
सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
Job 6:6
नुन विनाको भोजनको स्वाद असल हुँदैन अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन।
Luke 14:34
“नून असल चीज हो। तर यदि नूनले आफ्नो नूनिलो स्वाद हरायो भने, यो बेकामे हुन्छ। त्यलाई फेरि नूनिलो बनाउन सकिदैन।
Ephesians 4:29
बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्।
1 Thessalonians 5:13
हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ।परस्परमा शान्तिपूर्वक बस।
1 Peter 3:8
यसरी, तिमीहरु सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरुले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन।
James 3:14
यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।
James 1:20
एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन।
2 Timothy 2:22
जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।
Colossians 3:12
परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।
Psalm 133:1
जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
Mark 9:34
तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सब भन्दा महान को होला भन्ने कुराको चर्चा भएको थियो।
John 13:34
“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छः एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ।
John 15:17
यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
Romans 14:17
परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।
Galatians 5:14
सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”
Galatians 5:22
तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
Ephesians 4:2
सँधै नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह।
Ephesians 4:31
तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर।
Philippians 1:27
होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढदैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु।
Philippians 2:1
मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ?
Psalm 34:14
नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।