Isaiah 51:15
“किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ। म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।” (सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)
Isaiah 51:15 in Other Translations
King James Version (KJV)
But I am the LORD thy God, that divided the sea, whose waves roared: The LORD of hosts is his name.
American Standard Version (ASV)
For I am Jehovah thy God, who stirreth up the sea, so that the waves thereof roar: Jehovah of hosts is his name.
Bible in Basic English (BBE)
For I am the Lord your God, who makes the sea calm when its waves are thundering: the Lord of armies is his name.
Darby English Bible (DBY)
And I am Jehovah thy God, who raiseth the sea, so that its waves roar: Jehovah of hosts is his name.
World English Bible (WEB)
For I am Yahweh your God, who stirs up the sea, so that the waves of it roar: Yahweh of Hosts is his name.
Young's Literal Translation (YLT)
And I `am' Jehovah thy God, Quieting the sea, when its billows roar, Jehovah of Hosts `is' His name.
| But I | וְאָֽנֹכִי֙ | wĕʾānōkiy | veh-ah-noh-HEE |
| am the Lord | יְהוָ֣ה | yĕhwâ | yeh-VA |
| God, thy | אֱלֹהֶ֔יךָ | ʾĕlōhêkā | ay-loh-HAY-ha |
| that divided | רֹגַ֣ע | rōgaʿ | roh-ɡA |
| sea, the | הַיָּ֔ם | hayyām | ha-YAHM |
| whose waves | וַיֶּהֱמ֖וּ | wayyehĕmû | va-yeh-hay-MOO |
| roared: | גַּלָּ֑יו | gallāyw | ɡa-LAV |
| Lord The | יְהוָ֥ה | yĕhwâ | yeh-VA |
| of hosts | צְבָא֖וֹת | ṣĕbāʾôt | tseh-va-OTE |
| is his name. | שְׁמֽוֹ׃ | šĕmô | sheh-MOH |
Cross Reference
यर्मिया 31:35
परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”
आमोस 9:5
मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनुहुन्छ अनि त्यो भूमि पग्लन्छ। तब त्यस भूमिमा भएका सबै मानिसहरु मृतकहरुका निम्ति रूनेछन्। त्योप्रदेश मिश्रको नील नदी जस्तै माथि उर्लन्छ अनि तल झर्दछ।
यर्मिया 10:16
तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।
यशैया 54:5
किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
यशैया 51:10
तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ। तिमीहरूले अति गहिरोबाट पानी सुकायौ। तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ। तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ।
यशैया 48:2
हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।
यशैया 47:4
“मेरा मानिसहरू भन्छन्, “परमेश्वरले हामीलाई बचाउनु हुन्छ। उहाँको नाउँ हो सेनाहरूका परमप्रभु, इस्राएलका परमपवित्र हुनुहुन्छ।”‘
भजनसंग्रह 136:13
परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
भजनसंग्रह 114:3
लाल समुद्रले यो देखेर भाग्यो, यर्दन नदी उल्टा बग्न थाल्यो।
भजनसंग्रह 74:13
हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।
अय्यूब 26:12
परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ। परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।
नहेम्याह 9:11
तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो, अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए। तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै तपाईंले फ्याँकिदिनु भयो।