Base Word
פָּרָה
Short Definitionto bear fruit (literally or figuratively)
Long Definitionto bear fruit, be fruitful, branch off
Derivationa primitive root
International Phonetic Alphabetpɔːˈrɔː
IPA modpɑːˈʁɑː
Syllablepārâ
Dictionpaw-RAW
Diction Modpa-RA
Usagebear, bring forth (fruit), (be, cause to be, make) fruitful, grow, increase
Part of speechv

उत्पत्ति 1:22
परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस्।

उत्पत्ति 1:28
परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”

उत्पत्ति 8:17
जहाजमा तँसँग जे जति चराहरु, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरु ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरुले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरुले तिनीहरुको संख्या पृथ्वीमा बढाउन्।”

उत्पत्ति 9:1
परमेश्वरले नूह र उसका छोराहरुलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुका सन्तानहरुको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरुले भरियोस्।

उत्पत्ति 9:7
“अनि तिमीले धेरै सन्तानहरु पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”

उत्पत्ति 17:6
म तिमीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिमीबाट नै बनिनेछन्।

उत्पत्ति 17:20
“तैंसे इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ।

उत्पत्ति 26:22
इसहाक त्यहाँबाट गए अनि फेरि अर्को कूवा खनाए। तर त्यहाँ कूवाको विषयमा कोही पनि झगडा गर्न आएनन्। यसर्थ इसहाकले त्यस कूवाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ।” हामी अघि बढनेछौं अनि सफल हुनेछौं।”

उत्पत्ति 28:3
म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।

उत्पत्ति 35:11
परमेश्वरले उसलाई भन्नु भयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्।

Occurences : 29

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்